काठमाडौं– छ वर्ष अगाडि लुट र हत्या मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी काभ्रे बेथानचोक–६ सिउँरानीका ३६ वर्षीय बाबु लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर जिल्ला अदालतको २०७५ भदौ ३ को फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भइ फरार रहेका लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले झापा मेची–६ काँकडभिट्टा एरियाबाट पक्राउ गरेको हो ।
भक्तपुर मध्यपुर थिमी–१६ स्थित नरेफाँटमा २०६६ मंसिर २६ को राति बा.१ ज ९१४ नम्बरका ट्याक्सी चालक काभ्रे रोसी गाउँपालिका–४ लेम्बाबेसीका २५ वर्षीय मेघ बहादुर तामाङको हत्या गरी नगद र मोबाइल समेत लुटपाट गरेर फरार लामालाई अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको थियो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत भक्तपुर पठाइएको छ ।
समाचार
उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares