विराटनगर– नवौँ संस्करणको रात्रीकालिन विराट गोल्डकप फुटवल प्रतियोगिताको उपाधि दाेस्राे पटक थ्रीस्टारले उचालेकाे छ । विराटनगरस्थित सहिद रंगशालामा बुधबार सम्पन्न विराट गाेल्डकपमा थ्रीस्टारले सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गरेकाे हाे ।
थ्रीस्टारले दोस्रो पटक गोल्डकपको उपाधि जितेर इतिहास रचेकाे छ । थ्रीस्टार पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला आर्मीलाई ३–० गोलले फाइलनमा हराउँदै थ्रीस्टारले उपाधि हात पारेको थियो ।
जितसँगै थ्रीस्टारले ११ लाख पुरस्कार प्राप्त गरेकाे छ । गाेल्डकपकाे फाइनल खेलकाे पहिलाे हाफमा थ्रीस्टारका खेमराज श्रेष्ठले खेल सुरू भएकाे ५ अैाँ मिनेटमा गाेल गर्दै टिमलाई अग्रता दिलाएकाे थियाे । खेलकाे दाेस्राे हाफमा थ्रीस्टारका दिपेश घलेले खेलकाे ६३ अैाँ मिनेटमा गाेल गर्दै अग्रता दाेब्बर बनाएका थिए । सुरूमा आक्रामक खेलेका चर्च ब्वाइज युनाइटेडलाई थ्रीस्टार क्लबले टेक्निकली खेल्दै पराजित गरेकाे हाे ।
चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रे पनि सफल हुन सकेन । पराजयसँगै चर्च ब्वाइजले उपविजेतामा चित बुझाए । चर्च ब्वाइजले ५ लाख पुरस्कार प्राप्त गरे । फाइनल खेलकाे म्यान अफ द म्याच चर्च ब्वाइज यूनाइटेडका एकराज बुढाथाेकीले ११ हजार पुरस्कार प्राप्त गरे ।
गोल्डकपको विधागत उपाधितर्फ पनि थ्रीस्टारको बर्चस्व रहयो । गाेल्डकपकाे उत्कृष्ट प्रशिक्षककाे उपाधि थ्रीस्टारका प्रशिक्षक गणेश खडकाले १५ हजार, उत्कृष्ट गोलरक्षककाे उपाधि थ्रीस्टारका गाेलकिपर विवेक मगरले १५ हजार, सर्वाधिक गोलकर्ताकाे उपाधि थ्रीस्टारका दिपेश घलेले नगद १५ हजार र वेष्ट प्लेयर अफ द टुर्नामेण्टकाे उपाधि थ्रीस्टारका खेमराज श्रेष्ठले ५१ हजार पुरस्कार प्राप्त गरेका छन् ।
खेलकुद
इन्डो–नेपाल क्रिकेटः पटना सेमिफाइनलमा
द नेप्लिज संवाददाताइन्डो–नेपाल क्रिकेटःहोराइजन र एनबीएससी विजयी
द नेप्लिज संवाददातादीपेन्द्रसिंह ऐरीले टी–२० क्रिकेटमा शुन्यमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान बनाए
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेटः पटना र विराटनगर फाइनलमा
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares