विराटनगर– सात सय ७० ग्राम तौलको सालकको खपटा जस्तो देखिने बस्तु सहित दुई जनालाई काठमाडौँ–१६ माछापोखरीबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु काठमाडौँ–६ जोरपाटी बस्ने खोटाङ दिप्रुङ चुइचुम्पा–२ का २९ वर्षीय उमेश तामाङ र काठमाडौं तारकेश्वर नगरपालिका–७ संगम फाँट बस्ने सिन्धुली तीनपाटन–६ का ३० वर्षीय मोहन पुलामी मगर रहेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपटा सहित पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार उनीहरूबाट दुई मोबाइल समेत बरामद गरिएको छ । बरामद सालकको खपटा सहित पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ । आईयूसीएनले सालकलाई निकट भविष्यमै लोप हुनसक्ने ‘क्रिटिकल्ली इन्डेन्जर्ड’ समूहमा राखेको छ । सालक नेपालको संरक्षित वन्यजन्तु हो ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares