विराटनगर– दक्षिण कोरियाको संवैधानिक अदालतले कार्यवाहक राष्ट्रपति हान डक–सूमाथि संसद्ले लगाएको महाभियोग खारेज गर्दै उनलाई पुनर्बहाली गरेको छ । महाभियोगको प्रस्तावमा आवश्यक दुई–तिहाइ बहुमत नपुगेको र पर्याप्त आधार नभएको ठहर गर्दै अदालतले यो निर्णय गरेको हो ।
यसअघि राष्ट्रपति यून सुक–योलले डिसेम्बर ३ मा सैनिक शासन (मार्शल ल) घोषणा गरेका थिए जसलाई संसद्ले केही घण्टामै उल्ट्याएको थियो । यसपछि संसद्ले उनलाई महाभियोग लगाएको थियो । यूनको महाभियोगपछि प्रधानमन्त्री रहेका हान डक–सू कार्यवाहक राष्ट्रपति बनेका थिए । तर हानले संवैधानिक अदालतमा न्यायाधीशहरूको नियुक्ति रोकेर यूनको महाभियोग प्रक्रिया अवरुद्ध गरेको आरोपमा संसद्ले उनलाई पनि महाभियोग लगाएको थियो ।
अदालतको निर्णयपछि हानले धन्यवाद ज्ञापन गर्दै आफू निलम्बनमा रहँदा मन्त्रीहरूले कडा मेहनतका साथ काम गरेको भन्दै उनीहरूको प्रशंसा गरेका थिए । उनले बदलिँदो विश्व परिस्थितिमा दक्षिण कोरियालाई विकासको बाटोमा निरन्तर लैजान सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संवैधानिक अदालतले अब निलम्बित राष्ट्रपति यून सुक–योलको महाभियोगबारे पनि केही दिनमै निर्णय गर्नेछ । यदि अदालतले महाभियोगलाई सदर गरेमा दक्षिण कोरियाले ६० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्नेछ ।
विश्व/प्रवास
आजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम
द नेप्लिज संवाददाताटिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares