काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग् र नेपालस्थित बंलादेशी दुतावासका कार्यवाहक राजदूत मोहम्मद हुमायूँ कबीरले शिष्टाचार भेटवार्ता गरेका छन् । लैनचारस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा दुई मुलुक बीचको द्विपक्षीय सम्बन्धका विविध आयामहरुका बारे छलफल भएको हो ।
उपराष्ट्रपति यादवले नेपाल र बंलादेशबीच सन् १९७१ मा बंलादेश स्वतन्त्र राष्ट्रको रूपमा स्थापना भएदेखि नै मैत्रीपूर्ण र सद्भावपूर्ण सम्बन्ध कायम रहेको बताएका हुन् । ‘दुई देशबीच उच्चस्तरीय भ्रमणहरूको आदान–प्रदान, द्विपक्षीय संयन्त्र र बैठकहरूले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ’ उनले भने, ‘हाम्रो दुई देशबीचको व्यापार पछिल्ला वर्षहरूमा बृद्धि भएको र थप व्यापार विस्तार र विविधीकरण गर्न सक्नुपर्दछ ।’
उपराष्ट्रपति यादवले बंलादेशले तेस्रो देशसँगको व्यापारको लागि चिटगाँव र मङ्गला बन्दरगाहमार्फत ट्रान्जिट सुविधा प्रदान गरेकोमा खुशी व्यक्त गरेका थिए । ‘रोहनपुर–सिङ्गाबाद रेलवे मार्गको शीघ्र सञ्चालनले यी समुन्द्री बन्दरगाहहरू मार्फत ट्रान्जिट सहकार्य प्रवर्द्धन गर्न महत्त्वपूर्ण हुनेछ’ उनेले भने, ‘विमान बंलादेश र हिमालयन एयरलाइन्समार्फत हवाई उडानले पर्यटन प्रवर्द्धन एवं नेपाल र बंलादेशबीच जनसम्पर्कलाई सहज बनाएको छ । ’
उपराष्ट्रपति यादवले नेपालको जलविद्युत सम्भावना र बंलादेशको ऊर्जा आवश्यकताहरूले दुई देशबीच ऊर्जा सहकार्यलाई विस्तार गर्ने प्रचुर अवसर प्रदान गरेको उल्लेख गरेका थिए । उनले नेपाल विद्युत प्राधिकरण, बंलादेश डेभलपमेन्ट बोर्ड र भारतको विद्युत व्यापार निगम लिमिटेडबीच ३ अक्टोबर २०२४ मा काठमाडौँमा त्रिपक्षीय पावर सेल्स एग्रीमेन्ट (पीएसए)मा हस्ताक्षर हुनु प्रशंसनीय कार्य भएको बताएका छन् ।
‘यस ऐतिहासिक सम्झौता नेपाल–बंलादेश सम्बन्धमा कोसेढुङ्गाको रूपमा रहेको र यसले दक्षिण एशियामै क्षेत्रीय र उपक्षेत्रीय ऊर्जा सहकार्यलाई प्रवर्द्धन गर्ने अपेक्षा छ’ उनले भने, ‘नेपाल र बंलादेश दुवै देशमा प्राकृतिक सौन्दर्य, समृद्ध सभ्यता र सांस्कृतिक धरोहर, साहसिक खेलकुद र जैविक विविधता झल्काउने प्रशस्त प्रसिद्ध पर्यटकीय गन्तव्यहरू छन । नेपाल बंलादेशका लागि महत्त्वपूर्ण पर्यटकीय गन्तव्य रहिआएको छ।’
उपराष्ट्रपति यादवले नेपाल र बंगलादेशबीच सांस्कृतिक सम्बन्ध र जनसम्पर्क प्रगाढ रहेको उल्लेख गरेका थिए । ‘नेपाली विद्यार्थीहरूका लागि बंलादेश चिकित्सा, दन्तचिकित्सा र इन्जिनियरिङका क्षेत्रमा उच्च अध्ययनका लागि एक आकर्षक गन्तव्य रहीआएको छ’ उनले भने, ‘बंलादेश सरकारले वार्षिक रुपमा सोही संकायहरुमा २० भन्दा बढी छात्रवृत्ति प्रदान गरिरहेकोमा नेपाल धन्यवाद् दिन चाहन्छ ।’
उनले नेपाल र बंलादेशबीच उपक्षेत्रीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा आपसी चासोका विषयहरूमा सहकार्य हुँदै आएकोमा खुशी समेत व्यक्त गरेका छन् । ‘यस्ता सहकार्य भविष्यमा पनि जारी रहनु पर्दछ’ उनले भने’ ‘नेपालले बंलादेशसँगको सम्बन्धलाई एक मित्र राष्ट्रको रूपमा उच्च महत्त्व दिन्छ । हाम्रो दुई देश र जनताबीचको सम्बन्ध भविष्यमा अझ प्रगाढ हुने विश्वास लिएको छु ।’ भेटवार्ताका क्रममा उपराष्ट्रपति यादवले बंलादेशको राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति मोहम्मद शाहबुद्दिन र बंगलादेशी जनतालाई न्यानो अभिवादनसहित हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरेका हुन् ।
कार्यवाहक राजदूत मोहम्मद हुमायूँ कबीरले नेपाल र बंलादेशबीचको सम्बन्ध गहिरो रहेको उल्लेख गर्दै दुई देशले पर्यटन विकासमा जोड दिनुपर्ने बताएका छन् । ‘नेपालसँग सगरमाथा छ, बङ्गलादेशसँग ‘सि बीच’ छ, जुन पर्यटको आकर्षणको केन्द्र बन्न सक्छ ’उनले भने, ‘ हरेक वर्ष ४० हजार बंलादेशी नेपाल भ्रमण गर्छन्, यसलाई बढाउन सकिन्छ ।’
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares