३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

‘शिक्षा ऐन चाँडै आउँछ, आन्दोलन आवश्यक छैन’

द नेप्लिज संवाददाता
२९ चैत २०८१, शुक्रबार

Advertisement

रुपन्देही— प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको आन्दोलनलाई अनावश्यक ठहर गर्दै सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेको बताएका छन् । बुटवलमा आयोजित जागरण सभामा सम्बोधन गर्दै उनले वर्तमान सरकार सबै क्षेत्र एवं समुदायका समस्या र आवाजलाई सुन्ने खालको भएकोले आन्दोलनमा रहिरहन नपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘समस्याहरू छन् तर सडकमा गइरहनुपर्ने थिएन । म शिक्षकहरूलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहन्छु । तपाईंहरूले आफ्ना समस्यामात्रै होइन, राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि विचार गर्नुपर्ने हुन्छ ।’
उनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुलपतिसँग आफ्नो भीडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले शिक्षकहरूको योगदानलाई सराहना गर्दै भने, ‘शिक्षकहरू समाजको जागरणमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् । शिक्षकहरूको समस्यालाई संवादमार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ ।’ शिक्षकहरूले लामो समयदेखि स्थायीत्व, सेवा सुविधा र पेशागत सुरक्षाको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

सरकारले विद्यालय शिक्षा ऐन चाँडै ल्याउने प्रतिबद्धता जनाए पनि शिक्षकले पत्याएका छैनन् । पुरा गर्न सकिने माग मन्त्रिपरिषद्को बैठकबाट पारित गराउनु पर्ने र ऐनसँग सम्बन्धित नसकिने मागको हकमा संसदको विशेष वा बर्खे अधिवेशन बोलाएर यति दिनभित्र पुरा गर्ने लिखित प्रतिबद्धता जनाउनुपर्ने नेपाल शिक्षक महासंघले अडान राखेको छ ।  प्रधानमन्त्री ओलीको वक्तव्यले भने शिक्षकहरूको आन्दोलनमा नयाँ मोड ल्याएको छ । सरकार र शिक्षकहरूबीच संवादमार्फत समाधान खोज्ने प्रयासले शिक्षा क्षेत्रको स्थायित्वमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित : २९ चैत २०८१, शुक्रबार 20:14
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved