विराटनगर– शिक्षादीप कलेज विराटनगरले विद्यार्थीलाई पढाइमा केन्द्रित गर्न तथा कक्षाकोठामा सिकाइ सुधार्न नगद पुरस्कारको व्यवस्था गरेको छ । कलेजले त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई मंगलबार नगदसहित सम्मान गरेको छ ।
कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुमध्ये उत्कृष्ट अंक ल्याउने छात्र–छात्राहरुलाई नगद पुरस्कार सहित ससम्मान गरेको कलेजका व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराईले बताएका छन् । उनका अनुसार व्यवस्थापन संकाय कक्षा ११ र १२ का गरी २० जना र विज्ञान संकायको कक्षा ११ र १२ का गरी ५७ जना विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको बताएका हुन् ।
कलेजका विद्यार्थीले एमसिक्यु, विराटनगर महानगरपालिकाले आयोजना गरेको विज्ञान पर्दशनमा दोस्रो हिसान खेलमा पदक विजेता खेलाडिहरुआन्तरिक हाजिरिजवाफ, रोवोटीक्स एस्ट्रोनोमी एभिएसन र आइटी वर्कसपमा सहभागि विद्यार्थीहरुलाई विशेष सम्मान गरिएको कलेजका निर्देशक भुपेन्द्र दाहालले बताए ।
सम्मानित र पुरस्कृत हुने सबै विद्यार्थीलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडका, कलेजका प्रमुख निर्देश शैलेन्द्र शिवाकोटी, कलेजका निर्देश डा. विमल श्रीवास्तव, निर्देशक रामचन्द्र अधिकारी र विज्ञान संकायका को–अर्डिनेटर नविन रायले कलेजमा गरेको अध्ययनमा उत्कृष्टता थपेसँगै पुरस्कार पनि थपिदै जाने भन्दै अध्ययनप्रति विद्यार्थीहरुलाई प्रोत्साहन गरेका थिए ।
प्रिन्सिपल खड्काले विद्यार्थीहरुलाई पढाइमा लगनशिलता अभिवृधिका लागि कलेजमा पुरस्कारको सुरुवात गरेको बताएका छन् । ‘विद्यार्थीहरुबीच पढाइमा प्रतिस्पद्र्धा गराउनका लागि नगद पुरस्कार र प्रमाण पत्र प्रदान गर्ने कार्यक्रम सुरु गरेका छौं,’ उनले भने, ‘शिक्षादिपले विद्यार्थीको अभिभावकसँग शुल्क लिएपछि विद्यार्थीको सिकाइ स्तरमा पनि वृद्धि गराउनै सृजित दायित्व पूरा गर्न यो कार्यक्रम ल्याएको छ ।’ यसले कलेजका विद्यार्थीह बीचमा अध्ययनका लागि प्रतिस्पद्र्धात्मक वातावरण निर्माण भई गुणस्तरीय शैक्षिक महोल तयार गर्ने कलेजको लक्ष्य रहेको उनले बताए ।
शिक्षा/प्रविधि
विद्यालय शिक्षा ऐन पारित गर्ने तयारीसहित संसद अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस, शिक्षक महासंघ छलफलमा
द नेप्लिज संवाददाताशिक्षक आन्दोलन निर्णायक चरणमा : संसद्ले विद्यालय शिक्षा ऐन पारित नगरे ऐन नलिइ घर नफर्कने चेतावनी
द नेप्लिज संवाददाताप्रधानमन्त्री ओली र महासंघबीच आज साँझ वार्ता हुने
द नेप्लिज संवाददाताडिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा प्रदर्शन गर्ने किशोर पक्राउ
द नेप्लिज संवाददाताप्रधानमन्त्री र शिक्षकबीच छलफल, औपचारिक वार्ता भने अझै भएको छैन
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares