विराटनगर– नेपाल र भारतबीच न्यायिक क्षेत्रको सहयोगलाई संस्थागत बनाउँदै एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । भारतको सर्वोच्च अदालतमा आयोजित एक विशेष समारोहका बीच नेपालको सर्वोच्च अदालतसँग उक्त सम्झौता सम्पन्न गरिएको हो ।
समझदारी पत्रमा नेपालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र भारतका प्रधानन्यायाधीश संजीव खन्नाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो । दुई देशबीचको दीर्घकालीन मैत्री र सौहार्दपूर्ण सम्बन्धको जगमा आधारित यो सम्झौताले न्यायपालिका क्षेत्रको पारस्परिक सहयोगलाई थप विस्तार गर्ने उद्देश्य राखेको छ ।
समझदारी अनुसार न्यायिक अभ्यास, कानुनी विकास, प्रविधिको प्रयोग र दक्ष जनशक्तिको विकासका लागि दुवै देशका न्यायाधीश र अधिकारीबीच भ्रमण, तालिम र शैक्षिक कार्यक्रमको आदानप्रदान हुनेछ । पछिल्लो प्रविधिको प्रयोगमार्फत अदालती प्रक्रिया सरल, द्रुत र नागरिकमैत्री बनाउने विषयमा समेत संयुक्त प्रयास हुने उल्लेख छ ।
यसबाहेक, न्यायिक सहकार्यको योजना र कार्यान्वयनका लागि संयुक्त कार्यदल गठन गरिने सहमति पनि समझदारी पत्रमा समावेश गरिएको छ । यस कार्यदलमा दुवै देशका न्यायपालिका प्रतिनिधिहरू रहनेछन् जसले दीर्घकालीन योजनाको खाका तयार गर्नेछन् ।
भारतको सर्वोच्च अदालतले यसअघि इजरायल, सिंगापुर, बंगलादेश, भुटान, ट्युनिसिया, जाम्बिया, मोरोक्को र माल्दिभ्स लगायतका मुलुकहरूसँग यस्तै प्रकारका समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । नेपालसँग भएको यो सहमति दुई छिमेकी राष्ट्रबीचको न्यायिक सम्बन्धमा नयाँ अध्यायको सुरुवातको रूपमा हेरिएको छ ।
विश्व/प्रवास
आजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम
द नेप्लिज संवाददाताटिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares