६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

विराट गाेलडकपकाे फाइनल खेलकाे पहिलाे हाफमा थ्रीस्टारकाे अग्रता

द नेप्लिज संवाददाता
२८ फागुन २०८१, बुधबार

Advertisement

विराटनगर– नवौँ संस्करणको रात्रीकालिन विराट गोल्डकप फुटवल प्रतियोगिताको फाइनल खेलकाे पहिलाे हाफमा साविक विजेता थ्रीस्टारले अग्रता लिएकाे छ । विराटनगरस्थित सहिद रंगशालामा भइरहेकाे फाइनल खेलमा थ्रीस्टाले १-० ले अग्रता लिएकाे हाे ।

थ्रीस्टारका खेमराज श्रेष्ठले गाेल गर्दै टिमलाई अग्रता दिलाएकाे हाे । सुरूमा आक्रामक खेलेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई थ्रीस्टार क्लबले टेक्निकली वललाई अगाडि बढाउँदै अग्रता लिन सफल भएकाे हाे ।

 

चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा छन् भने थ्रीस्टार दोस्रो पटक गोल्डकप जित्ने लक्ष्यका साथ प्रतिस्पर्धामा छन् । चर्च ब्वाइज र थ्रीस्टारबीच यो सिजनमा पहिलो पटक आमुन्नेसामुन्ने भएकाे हाे । 

विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । चर्च ब्वाईजले एनआरटीलाई २–० र सेमिफाइनलमा पुलिस क्लबलाई १–० गोलले हराएर फाइनलसम्मको यात्रा तय गरेको छ ।

यता, थ्रीस्टार पनि दोस्रो पटक गोल्डकपको उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ मैदान प्रवेश गर्ने दाउमा छ । थ्रीस्टार पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला आर्मीलाई ३–० गोलले फाइलनमा हराउँदै थ्रीस्टारले उपाधि हात पारेको थियो । 

यो सिजनमा ९ वटा खेलमा ८ वटा गोल्डकपको फाइलनमा पुग्दा तीन वटा चर्च ब्वाइजले उपाधि जितेको छ । फिदिम फागुनन्द, झापा कप, र बागमती गोल्कडपको उपाधि चर्च ब्वाइजले जितिसकेको छ ।

थ्रीस्टारले मछिन्द्र र त्रिभूवन आर्मीलाई पराजित गर्दै विराट गोल्डकपको फाइनलमा पुगेको छ । थ्रीस्टारले मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दैै फाइनलमा पुगेको छ। 

फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागीता रहेको थियो ।  प्रतियोगिताको बिजेताले  ११ लाख र उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई  नगद १५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित : २८ फागुन २०८१, बुधबार 19:46
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved