४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

मुल्य बढ्यो, सरकार बेखबर

२९ माघ २०८१, मङ्गलबार

Advertisement

विराटनगर-- बजारमा खाने तेलको मूल्य प्रतिलिटर ४० देखि ६० रुपैयाँसम्म बढेको छ । खाने तेलको मूल्य पुसको दोस्रो सातादेखि बढेको देखिन्छ ।

दुई महिना अगाडि खुद्रा पसलमा प्रति लिटर २१०/२२० सम्ममा उपलब्ध  सूर्यमुखी एवं भटमासको तेलको मूल् २५० रुपैयाँदेखि २७० रुपैयाँसम्म पुगेको छ । 

घिउको मूल्य अहिले २०० रुपैयाँले बढेर प्रतिकिलो १४०० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले  भनेको छ । 

दसैँ तिहारको बेला पनि  घिउको घिउ प्रतिकिलो १ हजार २ सय रुपैयाँ मात्र रहेको  संघले प्रष्ट पारेको छ।  संघको अनुसार अहिले  उत्पादकले  मूल्य बृद्धि गरे पछि बढाउन बाध्य भएका हौं ।

संघका मूल्य सूची अनुसार  भुटेको तोरीको तेल प्रतिलिटर ४१० रुपैयाँ, काँचो तोरीको तेल  ३२५ रुपैयाँ छ ।  भटमास र सूर्यमुखी तेल प्रतिलिटर २५० रुपैयाँ र डाल्डा २४० मा बेचिंदैछ ।


 संघको तथ्यांकअनुसार १५ दिनमै ५ देखि १० रुपैयाँले बढेको हो । माघ १ मा प्रतिलिटर ४ सय रुपैयाँ पर्ने भुटेको तोरीको तेल प्रतिलिटर १० रुपैयाँले बढ्यो । यो अवधिमा सूर्यमुखी र भटमासको तेलमा ५/५ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ । 


सरकारी व्यापार कम्पनी साल्ट ट्रेडिङमा भटमासको तेल प्रतिलिटर २ सय ५० रुपैयाँ, सूर्यमुखी तेल  २ सय ८० देखि ४ सय रुपैयाँ र तोरीको तेल २ सय ६० देखि ४२५ रुपैयाँमा किन्न पाइन्छ छ । डीडीसी घिउको मूल्य प्रतिकेजी १ हजार १ सय ५० रुपैयाँ छ । 

खाद्यसंस्थानमा भटमासको तेल २ सय ३४, सूर्यमुखी तेल २ सय ३६, तोरीको तेल प्रतिलिटर ३ सय ६० रुपैयाँ छ । साल्ट ट्रेडिङमा घिउको मूल्य १हजार १ सय ५० रुपैयाँ, डीडीसी घिउको मूल्य प्रतिकिलो १२०० रुपैयाँ  छ । खाद्य संस्थानले  ११०० रुपैयाँ प्रतिकिलोमा बेच्दै छ । 

चाडपर्व र भारततर्फ निर्यात बढेका कारण देखाउँदै मंसिरमा बढेको मूल्य  फेरि पुसको पहिलो सातातिर घटेको थियो ।

भारततर्फ निकासी बढेको कारण मूल्यवृद्धि भएको हुन सक्ने नेपाल तेल उत्पादक संघकाे एक पदाधिकारीको भनाइ छ ‌।  

यसरी बजारमा खाने तेल तथा घिउको मूल्य  बढ्दा पनि सरकार को जिम्मेवार निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका एक अधिकारीले मुल्य बढेको बारे अनभिज्ञता प्रकट गरेका छन् ।

यसरी मूल्य बढ्दा आममान्छेको भान्छाको हिसाबकिताब बिग्रिन्छ । तर उपभोक्ताले समेत गुनासो नगरेको यो विषय सञ्चार माध्यममा नआएको ती पदाधिकारीले बताए।

प्रकाशित : २९ माघ २०८१, मङ्गलबार 08:58
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved