विराटनगर– काठमाडौँको पुरानो बसपार्कमा निर्माणाधीन भ्यू–टावरको १३ तला निर्माण भइसकेको भए पनि अब परियोजनाको भविष्य अनिश्चित बनेको छ ।
काठमाडौँ महानगर प्रमुख बालेन शाहले उक्त टावर निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै सरकारको संलग्नता रहेको आशंका व्यक्त गरेका छन् । उन टावर भत्काउने तयारी भइरहेको अनौपचारिक सूचनाहरु बाहिरिए पनि महानगरपालिका कार्यालयले यस बारेमा आधिकारिक रुपले केही बोलेको छैन ।
मुलुकमा राजनीतिक तहबाट भ्रष्टाचार उत्कर्षमा पुगेको बेला २०७१ मा सार्वजनिक–निजी साझेदारी अन्तर्गत सम्झौता भइ २०७५ फागुनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । १० वर्ष बितिसक्दा पनि निर्माण पुरा हुन सकेको छैन ।
ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले १२ औँ तलासम्मको काम सम्पन्न गरेपछि बाँकी तला थप्ने योजना स्थगित गरेको छ । अहिले यो भवन कवाडखाना जस्तो देखिएको छ ।
२३ रोपनी पाँच आना क्षेत्रफलमा फैलिएको उक्त टावरमा पार्किङ, सिनेमा हल, थिएटर, रेस्टुरेन्ट, बैंक लगायतका सुविधाहरू समावेश गर्ने योजना थियो । तर हालसम्म यी सुविधाहरू सञ्चालनमा आउन सकेका छैनन् जसले गर्दा परियोजनाको भविष्य अनिश्चित देखिन्छ ।
स्थानीय सरकार
चार दशकदेखि अलमलिएको सीमा विवाद हल गर्न सोलु–ओखलढुंगाले गठन गरे कार्यदल
द नेप्लिज संवाददाताटेण्डर सूचना लुकाएर ठेक्का बाँडफाँड, तिलाठी कोईलाडीका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
द नेप्लिज संवाददाताविराटनगर महानगरले पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन गर्दै
द नेप्लिज संवाददाताकांग्रेस र माओवादीको वडाध्यक्षहरुद्वारा सरकारी पुल कवाडीमा बिक्री, सार्वजनिक सम्पत्ति चोरीमा अनुसन्धान
कृषिमा यान्त्रिकीकरणका लागि रतुवामाईका किसानलाई एक करोडको औजार उपकरण
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares