६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

‘३६ वर्षअघि एक किशोरसँग सम्बन्ध राखेको खुलासा पछि आइसल्याण्डकी बाल विकास मन्त्रीद्वारा राजीनामा’

द नेप्लिज संवाददाता
९ चैत २०८१, शनिबार

Advertisement

विराटनगर– आइसल्याण्डमा बाल विकास विभागकी मन्त्रीले ३० वर्षअघि एक किशोरसँग सम्बन्ध कायम गरेको स्वीकारेपछि पदबाट राजीनामा दिएकी छन् । आस्थिल्दुर लोआ थोर्सदोत्तिरले एक मिडिया अन्तर्वार्तामा खुलासा गरिन् कि उनी २२ वर्षकी हुँदा १५ वर्षीय किशोरसँग सम्बन्ध बनाएकी थिइन् ।. 

उनले भनिन् कि त्यो समय उनी एक धार्मिक समूहमा सल्लाहकार (काउन्सिलर) को रूपमा काम गरिरहेकी थिइन्, जहाँ त्यो किशोर पनि सहभागि हुन्थ्यो । एक वर्षपछि जब उनी २३ वर्षकी भइन् र किशोर १६ वर्षको भयो, उनले ती किशोरको बच्चालाई जन्म दिइन् ।

अहिले उमेरले ५८ वर्षमा टेकेकी थोर्सदत्तिरले आइसल्यान्डी मिडियासँग भनिन्, ‘यो ३६ वर्ष पुरानो कुरा हो, यसबीच धेरै कुरा बदलिएको छ । यदि आज यस्तो अवस्था आउँथ्यो भने यसलाई बिल्कुलै फरक तरिकाले सम्बोधन गर्थेँ ।’

आइसल्याण्डकी प्रधानमन्त्री क्रिस्ट्रुन म्योल फ्रस्टाडोटिरले सञ्चारमाध्यमहरुसँग यो निकै गम्भीर विषय भएको बताइन् ।  तर उनले आफूलाई यसबारेमा सर्वसाधारणलाई भए जतिकै मात्र जानकारी भएको प्रष्ट पारिन् । उनले भनिन्, ‘यो अत्यन्त व्यक्तिगत विषय हो र यस मामिलामा संलग्न व्यक्तिको सम्मान गर्दै कुनै टिप्पणी गर्न चाहन्न ।’  

आइसल्याण्डको एक समाचारपत्रका अनुसार प्रधानमन्त्री क्रिस्ट्रुनलाई यो समाचारको पुष्टि बिहीबार राति भएको थियो  । त्यसपछि उनले बाल विकास मामिलाकी मन्त्रीलाई तुरुन्तै आफ्नो कार्यालयमा बोलाइन् । त्यसपछि थोर्सदत्तिरल राजीनामा दिइन् ।

उनले एक मिडियालाई बताए अनुसार उनले आफ्नो सन्तानका पिता एरिक आसमुन्डसनसँग उक्त धार्मिक समूहमा काम गरिरहेकै बेला भेटेकी थिइन् । परिवारसँगको समस्याका कारण ती किशोर आसमुन्डसन धार्मिक समूहमा सामेल भएका थिए ।

सम्बन्ध गोप्य राखिएको थियो तर मिडिया रिपोर्टका अनुसार किशोर आसमुन्डसन पनि  आफ्नो छोराको जन्मका बेला उपस्थित थिए । पहिलो वर्ष दुवै जना साथमै बसे ।  जब थोर्सदत्तिरले आफ्नो वर्तमान श्रीमानसँग भेट गरिन् । त्यसपछि परिस्थिति बदलियो । उनीहरु छुट्टिए ।

उनीहरूसँग रहेका कागजातअनुसार आसमुन्डसनले आइसल्याण्डको न्याय मन्त्रालयमा आफ्नो छोरासँग भेटघाटका लागि निवेदन दिएका थिए । तर थोर्सदत्तिरले यसलाई अस्वीकार गरिन् भने अर्कोतर्फ उनले १८ वर्षसम्म आसमुन्डसनसँग बाल संरक्षण खर्च  मागिरहिन् ।

आसमुन्डसनका एक महिला आफन्तले गत साता प्रधानमन्त्री फ्रोसदत्तिरलाई दुई पटक सम्पर्क गर्ने प्रयास गरेका थिए । प्रधानमन्त्रीले बिहीबार राति खुलासा गरिन् कि जब सम्पर्क गरिरहेकी एक महिलाले उक्त मामिलामा एक सरकारी मन्त्री संलग्न रहेको बताइन्, तब उनले थप जानकारी मागेकी थिइन् । त्यसपछि, यो खुलासा भयो र थोर्सदत्तिरले राजीनामा दिइन् ।

मिडिया अन्तर्वार्तामा थोर्सदत्तिरले ती महिलाले प्रधानमन्त्रीलाई जानकारी गराउनु गलत भएको बताइन् । ’म बुझ्छु... यो कस्तो देखिन्छ,’ उनले भनिन्, ’तर अहिले समाचारमा वास्तविक कथा सही रूपमा बताउनु निकै कठिन हुन्छ ।’

आइसल्याण्डमा सहमति आधारित यौनसम्बन्धको कानुनी उमेर १५ वर्ष भए पनि, १८ वर्ष मुनिकाको हकमा यदि कोही शिक्षक, परामर्शदाता, आर्थिक रूपमा आश्रित व्यक्ति, वा कामदारसँग सम्बन्ध राखेमा यो गैरकानुनी मानिन्छ । यस अपराधको अधिकतम सजाय तीन वर्षको जेल हुन सक्छ । मन्त्री पदबाट राजीनामा दिए पनि थोर्सदत्तिरले संसद छोड्ने कुनै योजना नभएको बताइन् ।

 

आइसल्याण्ड कस्तो मुलुक हो ?

 

आइसल्याण्ड उत्तर युरोपमा अवस्थित एक टापु राष्ट्र हो, जुन उत्तर एटलान्टिक महासागरमा पर्छ। यो देश प्राकृतिक सौन्दर्य, ज्वालामुखीहरू, हिमनदीहरू, गीजरहरू र तातोपानीका मुहानहरूका लागि प्रसिद्ध छ। यहाँका मुख्य विशेषताहरू यस्ता छन् :

भौगोलिक विशेषता:

  • आइसल्याण्ड एक ज्वालामुखी टापु हो, जहाँ बारम्बार ज्वालामुखी विस्फोटहरू हुन्छन्।
  • यसका १०% भन्दा बढी भूभाग हिमनदीहरूले ढाकेका छन्।
  • यहाँ पृथ्वीको टेक्टोनिक प्लेटहरू (युरोसियन र उत्तर अमेरिकी प्लेट) छुट्टिने स्थान रहेको छ, जसले गर्दा भूकम्पहरू सामान्य छन्।

आर्थिक स्थिति:

  • आइसल्याण्डको अर्थतन्त्र मुख्यतः माछा मार्ने उद्योग, पर्यटन, नवीकरणीय ऊर्जा, र प्रविधिमा आधारित छ।
  • यो संसारका धनी र विकसित मुलुकहरूमध्ये एक मानिन्छ।
  • यहाँको विद्युत आपूर्तिको अधिकांश भाग जलविद्युत र भू-तापीय ऊर्जाबाट प्राप्त गरिन्छ।

जनसंख्या र समाज:

  • आइसल्याण्डको जनसंख्या करिब ३,८०,००० मात्र छ, जसले गर्दा यो यूरोपकै कम जनसंख्या भएको देशहरूमध्ये एक हो।
  • यहाँका मानिसहरू वाइकिङ वंशका हुन्, र उनीहरूको भाषा आइसल्याण्डिक हो, जुन पुरानो नर्डिक भाषासँग मिल्दोजुल्दो छ।
  • यहाँको समाज अत्यन्तै प्रगतिशील छ, र लिंग समानता, शिक्षा, तथा स्वास्थ्य सेवाका मामिलामा विश्वकै उत्कृष्ट देशहरूमध्ये एक मानिन्छ।

राजनीति र प्रशासन:

  • आइसल्याण्ड संसदीय गणतन्त्र हो।
  • यहाँको संसदलाई अलथिङ (Alþingi) भनिन्छ, जुन विश्वकै सबैभन्दा पुरानो संसदहरूमध्ये एक हो।
  • यो नाटो (NATO) को सदस्य भए पनि यससँग आफ्नै सेना छैन।

जलवायु:

  • यहाँको मौसम अत्यन्तै चिसो हुन्छ, विशेष गरी जाडोमा।
  • यहाँको तापक्रम साधारणतया -१°C देखि १५°C को बीचमा हुन्छ।
  • यहाँ अरोरा बोरियालिस (Northern Lights) हेर्न सकिन्छ, जुन पर्यटकहरूका लागि ठूलो आकर्षण हो।

पर्यटन र विशेषता:

  • गोल्डेन सर्कल (Golden Circle): गीजरहरू, झरनाहरू, र ज्वालामुखी स्थलहरूको यात्रा।
  • ब्लू लगुन (Blue Lagoon): प्रख्यात तातोपानी स्नानस्थल।
  • डाइमोन्ड बीच: हिमनदीबाट फुटेका बरफका टुक्राहरू देख्न सकिने ठाउँ।

रोचक तथ्यहरू:

  • आइसल्याण्डमा कुनै पनि स्थायी सेना छैन।
  • यहाँका मानिसहरूले आफ्नै नाममा थर नलेख्ने परम्परा छ, बरु बाबुको नाम अनुसार 'सन' वा 'डटिर' (छोरा वा छोरी) लेख्ने चलन छ।
  • यहाँको पानी संसारकै सबैभन्दा शुद्धमध्ये एक मानिन्छ।

यो कुल मिलाएर प्राकृतिक रूपमा मनमोहक, आर्थिक रूपमा समृद्ध र सामाजिक रूपमा अत्यन्तै विकसित देश हो।

प्रकाशित : ९ चैत २०८१, शनिबार 00:05
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved