६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

विराट गोल्डकप

एपीएफलाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा

द नेप्लिज संवाददाता
२२ फागुन २०८१, बिहीबार

Advertisement

विराटनगर– विभागीय टिम नेपाल पुलिस क्लब विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । 

विराटनगरको सहिद रंगशालामा बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता टिम सशस्त्र प्रहरी बल (एपीएफ)लाई २–० गोलले पराजित गर्दै नेपाल पुलिस सेमिफाइनलमा पुगेको हो । 

जितको लागि पुलिसको तर्फबाट अरुण गाहा र मनिष सेढाइँले समान १–१ गोल गरे । बाँया बार च्यापेर पुलिसका उज्वल राईले ६६ औं मिनेटमा निकालिदिएको क्रस पासलाई अरुणले हेडिङ्गमार्फत आकर्षक गोलमा परिणत गरी टिमलाई अग्रता दिलाएका थिए । पहिलो गोल गरेर अग्रता लिएको २१ मिनेट बित्न नपाउँदै पुलिसका मनिष सेढाइँले ८७ औँ मिनेटमा व्यक्तिगत गोल गरी टिमको जित सुनिश्ति गरेका थिए । 

निक्कै रोमान्चक खेलको पहिलो हाफसम्म दुवै टिमले गोल गर्ने थुप्रै अवसर खेर फाले । दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबारी खेले । दोस्रो हाफपछि पुलिसले आक्रमक खेल पस्कियो । एपीएफको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै नेपाल पुलिसले सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।
 
दोस्रो हाफपछि एपीएफले २–० गोलले पछि परेपछि आक्रमक देखियो । तर, एपीएफका खेलाडीले बारम्बार गोल गर्ने अवसरबाट चुक्दा विराट गोल्डकपको उपाधि जित्ने सपना अधुरो रहयो । प्रतियोगताको प्लेर अफ द म्याच पुलिसका मनिष सेढाई घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । 

एपीएफले दिल्लीको सुदेवा फुटबल क्लबलाई हराउँदै क्वाटरफाइनलमा पुगेको थियो । एपीएफ विराट गोल्डकपको साविक विजेता टिम पनि हो । छैठौं संस्करणको विराट गोल्डकपको उपाधि एपीएफले जितेको थियो । त्यसबेला फाइनलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १–० ले हराउँदै एपीएफले उपाधि जितेको थियो । 

पुलिसल तेस्रो संस्करणका बिजेता टिम हो । त्यसबेला झापा ११ लाई १–० गोलले फाइनलमा पराजित गरेर उपाधि जितेको थियो । शुक्रबार तेस्रो क्वाटरफाइनल खेल थ्रि स्टार र मछिन्द्र फुटबल क्लब बिच हुनेछ । 

प्रकाशित : २२ फागुन २०८१, बिहीबार 21:01
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved