विराटनगर– सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ साहु टोलका सुदिप साहको ३ वर्षीया छोरी चन्दा साहको चार्जमा राखिएको सिटि सफारीबाट करेन्ट लागेर घटनास्थलमा मृत्यु भएको छ ।
चैत्र १२ को दिउँसो चन्दा साह छिमेकीको घरमा चार्जमा राखिएको सिटि सफारीमा खेलिरहेका बेला अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् । उनलाई तुरन्त उपचारको लागि जिल्ला अस्पताल सुनसरी इनरुवा लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनापछि शवलाई पोष्टमार्टमको लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान, सुनसरी पठाइएको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गर्दैछ ।
यो घटनाले घरमा राखिएका इलेक्ट्रोनिक उपकरणको सुरक्षा र बालबालिकाका लागि अनकन्ट्रोल्ड जोखिमहरूबारे अझ सचेत गराउन आवश्यक बनाएको छ । यसले हाम्रो समुदायलाई इलेक्ट्रोनिक उपकरणहरू प्रयोग गर्दा बढि ध्यान र सुरक्षा उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकता महसुस गराउँछ ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares