पाँचौ मिल्स गोल्डकप
विराटनगर– पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा घरेलु टिम पेमा स्पोर्टिङ्ग क्लब विराटनगरले कोशी प्रदेश प्रहरी कार्यालय रानी टिमलाई पराजित गर्दैसेमिफाइलनमा पुगेको छ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा भएको खेलमा कोशी प्रदेश प्रहरीलाई २–० गोलले पराजित गर्दै पेमा स्र्पोटिङ्ग क्लब सेमिफाइलनमा पुगेको हो । जितको लागि पेवा स्पोर्टिङ्ग क्लबका हरी खवास र अनिल परियारले समान १–१ गोल गरे । खेलको ४९ औँ मिनेटमा पेमा स्पोर्टिङ्ग क्लबले अग्रता लिएको थियो ।
अनिल परियाले निकालिदिएको पासलाई हरीले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो गोल गरेको १९ मिनेट बित्न नपाउँदै पेमा स्पोर्टिङ्ग क्लबले अग्रता दोब्बर बनाए । ६८ औँ मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार प्रहरीको गोल रक्षक बाल्मीकि राईले फर्कायो तर रिबाउन्ड भएर फर्किएको बललाई अनिलले गोलमा परिणत गर्दै जित सुनिश्चित गराएका थिए ।
प्रतियोगिताको प्लयेर अफ म्याच पेमा स्पोर्टिङ्ग क्लबका अनिल परियार घोषित भए । उनले नगद २ हजार १ सय प्राप्त गरे । मंगलबारको खेल भारत बिहारको वाइएससी खाखा झील कटिहार र सुनसरी इटहरीको टीएफसी तालतलैयाबीच प्रतिस्पर्धा हुनेछ ।
खेलकुद
इन्डो–नेपाल क्रिकेटः पटना सेमिफाइनलमा
द नेप्लिज संवाददाताइन्डो–नेपाल क्रिकेटःहोराइजन र एनबीएससी विजयी
द नेप्लिज संवाददातादीपेन्द्रसिंह ऐरीले टी–२० क्रिकेटमा शुन्यमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान बनाए
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेटः पटना र विराटनगर फाइनलमा
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares