पीडित पक्षले पटक–पटक उचित क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग गर्दा पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएपछि अन्ततः अदालतको ढोका ढकढक्याएको थियो । अस्पतालमा यस्ता घटना पटक–पटक दोहोरिए पनि अनुसन्धान भने नहुने अवस्था रहेको पीडित पक्षको गुनासो छ ।
सुर्खेत– कर्णाली प्रदेश अस्पतालमा एक वर्षअघि (२०७९ साल चैत २९) उपचारमा लापरबाहीका कारण मृत्यु भएकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको मुद्दामा सुर्खेत जिल्ला अदालतले एक वर्षपछि फैसला सुनाएको छ । मृतकको पति र छोरीले प्रतिवादीहरूबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति पाउने गरी फैसला भएको अदालतका सूचना अधिकारी उज्जलदेव रावलले जानकारी दिए।
अधिवक्ता शेरबहादुर खत्रीको रोहबरमा भीमाका जेठाजु धनबहादुर मगरले २०८१ साल वैशाख १७ मा प्रदेश अस्पतालका तत्कालीन निर्देशक डम्बर खड्का र उपचारमा संलग्न डा. ललितजङ्ग शाहीविरुद्ध अन्तरकालीन आदेशको मागसहित रिट दायर गरेका थिए । रिटमा उपचारका क्रममा चिकित्सकीय त्रुटि, हेलचक्य्राइँ र लापरबाहीका कारण भीमाको मृत्यु भएको दाबी गर्दै क्षतिपूर्ति माग गरिएको थियो । उक्त रिटमा बुधबार न्यायाधीश दीपक ढकालले प्रतिवादीहरूबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएका हुन् ।
पश्चिम दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी भीमा सामान्य पेट दुखाइको समस्या लिएर उपचारका लागि सुर्खेत आएकी थिइन् । वीरेन्द्रनगरस्थित एक निजी अस्पतालमा चेकजाँच गराउँदा पाठेघरमा समस्या देखिएको थियो । त्यसपछि उनी ‘देशकै उत्कृष्ट’ भनिने प्रदेश अस्पताल गएकी थिइन् ।
२०७९ साल चैत २९ को बिहान उनी अस्पताल भर्ना भइन् । हिँडेर आफैं अस्पताल पुगेकी भीमाको अपरेशन गर्दा पाठेघरमा ४ महिनाअघि भएको सन्तान जन्मेदाको बाँकी सालनाल रहेको पाइएको चिकित्सकले बताएका थिए । पेटमा केही महिनाको गर्भसमेत रहेको जानकारी पनि दिइएको थियो । पाठेघर सफा गर्ने क्रममा अपरेशन हुँदैगर्दा केही समयमै अस्पतालले उनलाई मृत घोषणा गर्यो ।
भीमाका आफन्तहरू बाहिर प्रतीक्षारत थिए । एक्कासि चिकित्सकले शव बुझ्न आग्रह गरेपछि परिवार स्तब्ध भयो । ‘हिँडेर अस्पताल गएकी भीमाको एक्कासि शव बुझ्न भनिएपछि हामी पत्याउनै सक्ने अवस्थामा थिइनौं,’ रिट दायरकर्ता जेठाजु धनबहादुर मगरले भने ।
परिवारका अनुसार अस्पतालले दिउँसो ३ बजेतिर मृत घोषणा गरेको थियो । रगत अभाव भएको भन्दै रगत मागिएको र केही समयमै मृत्यु घोषणा गरिएको उनीहरू बताउँछन् । चिकित्सकको लापरबाहीका कारण भीमाको ज्यान गएको भन्दै परिवार र स्थानीयबासीले आन्दोलन समेत गरे ।
भीमाको मृत्युपछि अस्पताल परिसर करिब २० दिनसम्म तनावग्रस्त बन्यो । उनको ७ महिनाकी दूधे छोरी थिइन् । परिवारले करिब एक महिनापछि मात्रै शव बुझेर अन्त्येष्टि गरेका थिए । पीडित पक्षले पटक–पटक उचित क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग गर्दा पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएपछि अन्ततः अदालतको ढोका ढकढक्याएको थियो । अस्पतालमा यस्ता घटना पटक–पटक दोहोरिए पनि अनुसन्धान भने नहुने अवस्था रहेको पीडित पक्षको गुनासो छ ।
स्वास्थ्य
स्वास्थ्य सेवा सहज बनाउन दुई हजार पाँच सय स्वास्थ्यकर्मी यो वर्ष थप्दै छौंः स्वास्थ्यमन्त्री पौडेल
द नेप्लिज संवाददाताप्रदर्शनमा उत्रिए आवासीय चिकित्सकहरू
द नेप्लिज संवाददाताभुक्तानी दायित्व १६ अर्ब ४५ करोड, कोषमा मात्र १ अर्ब
द नेप्लिज संवाददातासरकारको निर्णय लत्याउँदै निजी मेडिकल कलेज
द नेप्लिज संवाददाताभिटामिन ’ए’ खुवाउने आज अन्तिम दिन
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares