विराटनगर – धरानबाट धनकुटा हुँदै भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ।धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राम नजिक सोमबार भएको दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ।
प्रहरीका अनुसार धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी भुजेलको धनकुटा अस्पतालमा, बस चालक धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङको सोमबार बेलुका मृत्यु भएको हो। त्यस्तै भोजपुर षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लीलाबहादुर श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान ४ बजे निधन भएको हो।बसमा सवार १४ जना घाइते भएका थिए। घाइतेमध्ये दुई जनाको धनकुटा, एक जनाको विराटनगरस्थित नोबेल अस्पताल र बाँकीको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूमा षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ र अनमोल तामाङ, सुनसरी बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, भोजपुर पौवादुङमा गाउँपालिका–३ च्याङग्रेका गङ्गाप्रसाद सापकोटा, भोजपुर नगरपालिका–११ की सविना बराइली र देवी विक, धनकुटा साँगुरीगढी गाउँपालिका–६ का हंशबहादुर राई र दीर्घमाया राई, भोजपुर षडानन्द नगरपालिका–११ की पूर्णमाया तामाङ, इटहरीका आयुष राई र धनकुटा–६ का धनकुमार बिक रहेका छन्। दुर्घटनाको कारण खुल्न बाँकी छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाचार
उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares