६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

१०९ किलो गाँजा र लोडेड पेस्तोलसहित युवक पक्राउ

द नेप्लिज संवाददाता
२७ चैत २०८१, बुधबार

Advertisement

विराटनगर– रौतहट प्रहरीले १ सय ९ किलोग्राम लागूऔषध गाँजा र लोडेड कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेकासँगै रहेका ६÷७ जना भने घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती टोलीले ईशनाथ नगरपालिका–१ स्थित झोलुङ्गे पुलको पश्चिम किनारमा रहेको केरा बगैँचाबाट गौर–४ का २१ वर्षीय सावन गिरीलाई पक्राउ गरेको हो ।

रौतहटका प्रहरी  प्रमुख एसपी दिलीप घिमिरेका अनुसार गिरीलाई पक्राउ गरिएको र घटनास्थलबाट फरार भएकाहरुको खोजी तीव्र पारिएको छ । पक्राउ परेका गिरीको साथबाट प्रहरीले १०९ किलोग्राम गाँजा, ‘८ एमएम केएफ’ लेखिएको एक थान लोडेड कटुवा पेस्तोल, सोही ब्राण्डका ३ राउन्ड गोली, रियलमी कम्पनीको टचस्क्रिन मोबाइल एक थान बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार गिरीमाथि लागूऔषध नियन्त्रण तथा हातहतियार खरखजाना सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित : २७ चैत २०८१, बुधबार 11:43
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved