४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

नुवाकोटमा जुवा खेल्दै गर्दा १६ जना पक्राउ, लाखौं नगद बरामद

द नेप्लिज संवाददाता
१० चैत २०८१, आइतबार

Advertisement

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका-६ खोले गाउँमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। शनिबार राति जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको टोलीले ३२ वर्षीय सुरेन्द्र तामाङको घरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट ४ लाख १२ हजार ८ सय रूपैयाँ नगद, ६ बुक तास र ३२ थान कौडा बरामद गरिएको छ। प्रहरीले उनीहरूलाई कानुनी कारबाहीका लागि आवश्यक अनुसन्धान अघि बढाइसकेको छ।

नुवाकोटमा पछिल्लो समय जुवा तथा सट्टेबाजी नियन्त्रणका लागि प्रहरीले कडा निगरानी बढाएको छ। यसअघि पनि विभिन्न स्थानमा प्रहरीले यस्तै कारबाही गर्दै आएको छ। प्रहरी स्रोतका अनुसार जुवा तथा सट्टेबाजीको बढ्दो क्रियाकलापलाई नियन्त्रण गर्न थप अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ। अवैध रूपमा जुवा खेल्नु कानुनी रूपमा दण्डनीय अपराध भएकाले यसप्रकारका गतिविधिहरूमा संलग्न नहुन सम्बन्धित निकायले सबैमा आग्रह गरेको छ।

प्रकाशित : १० चैत २०८१, आइतबार 14:06
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved