विराटनगर– भारतीय नागरिकहरुलाई लक्षित गरी ‘लोटस’ नामक बेटिङ साइटबाट सट्टेबाजी गराउने २३ जनालाई प्रहरीले आइतबार राति काठमाडौंको बुढानीलकण्ठस्थित दुई तल्ले भाडाको घरबाट पक्राउ गरेको छ ।
पक्राउ परेकाहरू भारतको बिहारस्थित बाँका जिल्लाबासी भएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त सुविधायुक्त घरबाट ८८ वटा मोबाइल फोन, १० ल्यापटप र ८१ हजार नगद पनि बरामद गरेको छ । थोरै नगद बरामद भए पनि सुरुवाती अनुसन्धानबाट करिब ३ अर्बको कारोबार गरेको भेटिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । क्यासिनो प्रकृतिको जुवा सञ्चालन गरेर अर्बौँ कारोबार गरेको देखिएको प्रहरीले भनेको छ ।
बरामद गरिएका मोबाइलमा फेला परेको तथ्यांकको विश्लेषण गरिरहेको ती प्रहरी अधिकृतले बताए । उनका अनुसार यो गिरोहको सहयोगीहरु सीमावर्ती सहरहरुमा सक्रीय रहेको देखिएको छ ।
पूर्वसूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुढानीलकण्ठ–३ स्थित उक्त घरमा छापा मारेको थियो । अनलाइन बेटिङको जालो बारेमा लामो समयदेखि अनुसन्धान गरिरहेका अर्का एक प्रहरी अधिकृतले भने, ‘छापा मार्नु अघि यति ठूलो गिरोह होलान् भन्ने सोचेका थिएनौं ।’
प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अनुसार सट्टेबाजी गर्नु वा गराउन नहुने कसुर अन्तर्गत् अनुसन्धान अघि बढाएको उक्त मुद्दामा बिगो रकम जफत गरी कसुर गर्नेलाई एक वर्षसम्म कैद र १० हजार जरिवाना सम्म हुने कानूनी व्यवस्था छ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares