विराटनगर– रेबिज रोगबाट संक्रमित घरपालुवा जनावर किनबेच गरेको आरोपमा स्याङजाको वालिङबाट दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा वालिङका ब्यापारी ५५ वर्षीय राजेन्द्रबहादुर केसी र खरिदकर्ता ५० वर्षीय शंसुद्धिन मिया हुन् ।
केसीले बिरामी भैंसीसहित पाडा,बाख्रा र पाठी मियालाई बेचेका थिए । बिक्री पछि मरेको भैँसीमा रेबिजको लक्षण देखिएको प्रहरीले जानकारी दिएको छ । बालिङ नगरपालिकाका पशु प्राविधिकलले मासुका लागि बेच्न लागिएको भैँसीमा संक्रामक रोग रेविजको लक्षण देखिएको पुष्टि गरेको प्रहरीले जनाएको छ ।
पक्राउ दुवैलाई जिल्ला अदालत स्याङ्जाबाट सङ्क्रामक रोग फैलाउन नहुने कसूर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार मरेको भैंसीलाई व्यवस्थित रूपमा गाडिएको छ । अन्य ३ पशुलाई केसीकी पत्नीलाई जिम्मा लगाइएको छ । मरेको भैंसीलाई केही दिनअघि कुकुरले टोकेको थियो ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares