६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

लिङ्देन र राणाबीच ध्रुवीकरण

द नेप्लिज संवाददाता
९ चैत २०८१, शनिबार

Advertisement

विराटनगर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र राजसंस्था पुनस्र्थापनाको आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने विषयमा गम्भीर विवाद उत्पन्न भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणा बीचको यो मतभेदले पार्टी दुई खेमामा विभाजित भएको छ।

अध्यक्ष लिङ्देनले पार्टीको परम्परागत एजेन्डा हिन्दू राष्ट्र र राजसंस्था पुनस्र्थापनालाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन् । उनको नेतृत्वमा पार्टीले यसबारे विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । तर महामन्त्री राणाले पूर्वपञ्च नवराज सुवेदीलाई अगाडि सारेर नयाँ आन्दोलन समिति गठन गर्न खोजेका छन् जसले पार्टीभित्र असन्तुष्टि बढाएको छ । 

यो विवादको बीचमा  राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेताहरूलाई एकजुट हुन सुझाव दिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष लिङ्देन, महामन्त्री राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ट्याग गर्दै कवितात्मक शैलीमा उनले ’जुँगाको लडाइँ’ छोड्न आग्रह गरेका छन् । उनले लेखेका छन् :

’जब जब जुट्ने समय आउँछ,
त्यहीँ जुँगाको लडाइँ सुरु हुन्छ ।
कसको जुँगा ठूलो, कसको सानो,
व्यर्थको घमण्डको खेल चल्छ ।
जुँगाको लडाइँ, छोडौँ अब,
मिलेर बाँच्ने, गरौँ प्रण सब ।
जब जब जुट्ने समय आउँछ,
प्रेमको फूल फुलाऔँ, सबलाई अँगालौँ ।
जुँगाको लडाइँ, व्यर्थको खेल,
सद्भावको गीत गाऔँ, मिलेर ।’

यस प्रकारको आन्तरिक विवादले राप्रपाको आगामी रणनीति र राजसंस्था पुनस्र्थापनाको आन्दोलनमा कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा चासो बढेको छ । पार्टीभित्रको एकता र सहकार्यले मात्र यो आन्दोलनलाई सफल बनाउन सकिने विश्लेषकहरूको धारणा छ ।
 

प्रकाशित : ९ चैत २०८१, शनिबार 15:18
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved