१० वैशाख २०८२, बुधबार 23 Apr 2025, Wednesday

जम्मू–कश्मीरमा पर्यटकमाथि आक्रमणपछि मोदीको भ्रमण छोटियो

द नेप्लिज संवाददाता
१० वैशाख २०८२, बुधबार

Advertisement

पर्यटक लक्षित आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको पुष्टि भएको छ । मारिनेमा अधिकांश भारतका विभिन्न राज्यबाट गएका पर्यटक छन् भने एक नेपाली नागरिकको पनि मृत्यु भएको प्रारम्भिक जानकारी छ । आक्रमणको जिम्मा ’कश्मीर रेजिस्टेन्स फ्रन्ट’ नामक समूहले लिएको छ, जुन पाकिस्तान समर्थित लश्कर–ए–तैयबा सँग सम्बद्ध मानिन्छ ।

नयाँदिल्ली– जम्मू–कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणपछि प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरबको दुईदिने राजकीय भ्रमण छोट्याएर बुधबार बिहान स्वदेश फिर्ती भएका छन् । फर्किए लगत्तै प्रधानमन्त्री मोदीले राष्ट्रिय सुरक्षा सल्लाहकार, गृह मन्त्री र प्रमुख सुरक्षा अधिकारीहरूको सहभागीता रहेको आपतकालीन सुरक्षा बैठक बोलाएका छन् ।

बैठकमा हालैको आक्रमणपछिको सुरक्षा अवस्था, गुप्तचर प्रणालीको कमजोरी र सीमा पारका आतंकवादी गतिविधिका सम्बन्धमा समग्र रणनीति पुनरावलोकन गरिएको बताइएको छ । प्रधानमन्त्री मोदीले नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै सशस्त्र बलहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

पर्यटक लक्षित आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको पुष्टि भएको छ । मारिनेमा अधिकांश भारतका विभिन्न राज्यबाट गएका पर्यटक छन् भने एक नेपाली नागरिकको पनि मृत्यु भएको प्रारम्भिक जानकारी छ । आक्रमणको जिम्मा ’कश्मीर रेजिस्टेन्स फ्रन्ट’ नामक समूहले लिएको छ, जुन पाकिस्तान समर्थित लश्कर–ए–तैयबा सँग सम्बद्ध मानिन्छ ।

प्रधानमन्त्री मोदीले साउदी अरबको भ्रमणका क्रममा बुधबार आयोजना हुने राजकीय भोज र कारखाना भ्रमण कार्यक्रम स्थगन गर्दै स्वदश फिर्ता हुने निर्णय लिएका थिए । यो निर्णयलाई विपक्षी दलहरूले आक्रमणको संवेदनशीलता बुझेको संकेत भन्दै स्वागत गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीलाई टेलिफोन गरेर आक्रमणमा मृत्यु भएका नागरिकप्रति समवेदना प्रकट गर्दै भारतसँग ऐक्यबद्धता जनाएका छन् । उनले आतंकवादको विरुद्धमा अमेरिका सधैं भारतको साथमा रहने पनि बताए ।
विश्लेषकहरूका अनुसार पछिल्ला महिनाहरूमा कश्मीरमा पुनः चर्किएको अशान्तिले भारतको आन्तरिक सुरक्षा रणनीति र विदेशी नीतिमा पनि प्रभाव पार्ने देखिन्छ । सरकारले सुरक्षात्मक दृष्टिले उत्तर भारतका पर्यटकीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरेको छ ।
 

प्रकाशित : १० वैशाख २०८२, बुधबार 10:39
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved