नयाँदिल्ली (बीबीसी)– भारतीय विदेश सेवा (आईएफएस) की अधिकृत निधि तिवारीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निजी सचिव नियुक्त गरिएको छ ।
भारतको प्रधानमन्त्री कार्यालयको महत्वपूर्ण पदमा भारतकै प्रभावशाली नारीमध्येकी निधिको नियुक्तिले नीकै चर्चा पाइरहेको छ । उनले मोदीको दैनिक प्रशासनिक कार्य, समयतालिका व्यवस्थापन, नीति तथा प्रशासनिक समन्वय र सञ्चार व्यवस्थापनको दायित्व सम्हाल्नेछिन् ।
मोदीको टिममा आआफ्ना क्षेत्रका दिग्गजहरु डा. प्रमोद कुमार (पीके) मिश्रा, अजित डोभाल, शक्तिकान्त दाश, विवेक कुमार र हार्दिक सतीशचन्द्र शाह छन् । यो टिममा सशक्त पृष्ठभूमिकी निधिले ठाउँ बनाएकी हुनाले यसले विश्वको ध्यान तानेको छ ।
१९७२ ब्याचका सेवानिवृत्त आईएएस अधिकारी मिश्रा मोदीका प्रधान सचिव हुन् । डोभालले २०१४ देखि राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेबारीमा छन् । १९८० ब्याचका आईएएस अधिकारी दास मोदीका दोस्रो प्रधान सचिव हुन् । उनी सन २०२५ कोे फेब्रुअरीमा यो पदमा नियुक्त भएका हुन् ।
विवेक कुमार (आईएफएस २००४) र हार्दिक सतीशचन्द्र शाह (आईएएस २०१०) पनि प्रधानमन्त्रीका निजी सचिवका रूपमा कार्यरत छन् । निधिको नियुक्तिले प्रधानमन्त्री कार्यालयमा कार्यरत प्रमुख अधिकारीहरूको सूचीमा अर्को एक योग्य अधिकृतको थप भएको छ ।
भारत सरकारको कार्मिक तथा प्रशिक्षण विभाग (डीओपीटी) ले २९ मार्चमा यससम्बन्धी आदेश जारी गर्दै मन्त्रिपरिषद् नियुक्ति समितिले निधिको नियुक्तिलाई स्वीकृति दिएको जनाएको छ । डीओपीटीले यो आदेश तत्काल प्रभावबाट लागु हुने उल्लेख गरेको छ ।
यसअघि निधि प्रधानमन्त्री कार्यालयमा उपसचिवका रूपमा कार्यरत थिइन् । उनको नियुक्ति सह–अवधिको आधारमा गरिएको हो जसको अर्थ प्रधानमन्त्रीको कार्यकाल समाप्त हुने वा अर्को आदेश नभएसम्म यो नियुक्ति कायम रहनेछ ।
लखनउकी चेलीको मोदीको निजी सचिव सम्मको यात्रा पनि नीकै रोचक छ । २०१४ ब्याचकी आईएफएस अधिकृत निधिले सन् २०१३ को सिभिल सेवा परीक्षामा ९६ औं स्थान हासिल गरेकी थिइन् ।
निजी सचिवका रूपमा नियुक्त हुनु अघि उनी दुई वर्षभन्दा बढी समयदेखि प्रधानमन्त्री कार्यालयमा सेवारत थिइन् । उनले उपसचिवका रूपमा विदेश र सुरक्षा मामिलासम्बन्धी महत्वपूर्ण विभागहरू सम्हालेकी थिइन् । यसअघि सन् २०२२ को नोभेम्बरमा उनी प्रधानमन्त्री कार्यालयमा उपसचिवको हैसियतमा सामेल भएकी थिइन् । सिभिल सेवा परीक्षा पास गर्नु अघि उनले वाराणसीमा सहायक आयुक्त (वाणिज्य कर) का रूपमा पनि काम गरिसकेकी थिइन् ।
निधिका श्रीमान् डा. सुशील जायसवाल पेशाले चिकित्सक हुन् । उनी वाराणसीमा अस्पताल सञ्चालन गर्छन् । डा. जायसवाल निधिको नियुक्तिप्रति खुसी व्यक्त गर्दै भन्छन्, ‘सेवामा विभिन्न जिम्मेवारीहरू आइरहन्छन् तर यो एकदमै महत्त्वपूर्ण जिम्मेवारी हो । निधि अत्यन्त परिश्रमी छिन् र कामप्रति निकै समर्पित छिन् ।’
लखनउ निवासी निधिले प्रारम्भिक शिक्षा त्यहीँबाट पूरा गरिन् । उनले विज्ञान (प्राणी शास्त्र) मा स्नातक गरेकी हुन् भने स्नातकोत्तरका लागि बनारस हिन्दू विश्वविद्यालयमा भर्ना भइन् । सन् २००६ मा उनले उक्त विश्वविद्यालयबाट बायोकेमिस्ट्रीमा स्नातकोत्तर पूरा गर्दै गोल्ड मेडल प्राप्त गरिन् । त्यसपछि उनको भाभा परमाणु अनुसन्धान केन्द्रमा वैज्ञानिकका रूपमा चयन भयो । तर उनले २००८ मा वैज्ञानिकको जागिरबाट राजीनामा दिइ सिभिल सेवा परीक्षाको तयारी सुरु गरिन् । २००८ र २००९ मा उनी प्रादेशिक सिभिल सेवामा सफल भइन् ।
सन् २०१२ को सिभिल सेवा परीक्षा पास गरे पनि उनको नाम वेटिङ लिस्टमा परेको थियो । त्यसक्रममा उनले वाराणसीमा सहायक आयुक्त (सेल ट्याक्स) का रूपमा काम जारी राखिन् । अन्ततः, २०१३ को परीक्षामा सफल भइ ९६ औं स्थान हासिल गर्दै भारतीय विदेश सेवामा चयन भइन् ।
विश्व/प्रवास
चीनद्वारा आफ्ना नागरिकलाई अमेरिका यात्रामा सतर्कता अपनाउन आग्रह
द नेप्लिज संवाददाताम्यानमारमा शक्तिशाली भूकम्प पछिको उद्धार प्रयासमा अवरोध
द नेप्लिज संवाददाताचीनको कडा जवाफ : अमेरिकी आयातमा १२५% सम्म कर, व्यापार युद्ध चर्किंदै
द नेप्लिज संवाददातायुक्रेन युद्धबारे ट्रम्पको चेतावनीबीच विटकोफ र पुटिनबीच चार घण्टा लामो भेट
द नेप्लिज संवाददाताअमेरिकामा विदेशी विद्यार्थीमाथि कडा निगरानी : नेपाली विद्यार्थीसमेत प्रभावित
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares