विराटनगर – संसद लोकतन्त्रको मन्दिर हो, जहाँ जनतासँग जोडिएका हरेक विषय प्रवेश पाउँछन् र खुला बहस हुन्छ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधि सभाको आइतबारको बैठकमा यौन व्यवसायलाई कानुनी मान्यता दिँदा आर्थिक वृद्धि हुने र पर्यटन पनि बढ्ने धारणा राखेका थिए।
उनको भनाइले संसदमा तीव्र प्रतिक्रिया उत्पन्न गराएको छ। राजावादी दल मानिने राप्रपाका सांसद दीपकबहादुर सिंहले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिने सोचप्रति कडा असन्तुष्टि जनाएका छन्।
‘राजा फालिएको यही दिनका लागि हो?’
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद सिंहले सरकार पक्षकै सांसदबाट यस्तो प्रस्ताव आउनु लज्जास्पद भएको बताए। उनले देशका युवाहरू रोजगार र उच्च शिक्षाका लागि विदेशिइरहेका बेला नेपालमा केवल कलिला छोरीचेली र आमाहरू रहेको उल्लेख गर्दै यौन व्यवसायलाई कानुनी मान्यता दिन खोज्नु गलत हुने तर्क राखे।
"यो देश प्रकृतिले भरिपूर्ण छ, जलस्रोतमा विश्वकै धनी राष्ट्र हो। माता सीता र गौतम बुद्ध जन्मिएको भूमिमा यस्तो विषय उठाउनु कति उचित छ?" उनले प्रश्न गरे। साथै, "यही दिनका लागि राजा फालिएको हो?" भन्दै उनले कटाक्ष गरे। सांसद सिंहले संसदमा मर्यादाहीन अभिव्यक्ति आएको भन्दै उक्त भनाइलाई बैठकको रेकर्डबाट हटाउन र सांसद घिमिरेलाई सचेत गराउन माग गरेका छन्।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares