६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

आखिर प्रेम के हो ?

कुमारी श्रेया
२ फागुन २०८१, शुक्रबार

Advertisement


--कुमारी श्रेया

हामी सबैले प्रेमको बारेमा नानाथरी विचार पढे–सुनेकै छौँ । यसलाई जबसम्म व्यवहारमा उतार्दैनौैँ, त्यो समय सम्म प्रेमलाई राम्ररीे परिभाषित गर्न सक्दैनौँ । 

आ-आफ्नो अनुभव र अनुभुति हो प्रेम । यो आस्था, उदारता, दया, भाव, सेवा, शान्ति र आनन्दमा समाहित हुन्छ । आमाबुबा-सन्तान, श्रीमान-श्रीमती, युवायुवती बीचको प्रेम आदि इत्यादि सम्बन्धहरु समाजमा देख्छौँ।

अध्ययनहरुको अनुसार मान्छेले प्रेमलाई हजारौं तरिकाबाट अभिव्यक्त गर्न सक्छन् । एउटा युवक कामको क्रममा  सहरमा बस्दै आएको थियो । साताको अन्तिम दिन परिवारजनलाई भेटभाटको क्रममा घर फर्किन्थ्यो । 

घरमा एउटी बुढी आमासँगै दुई छोराछोरी र स्वास्नी बस्थ्यो। युवकको घरमा एक जोड़ी गाई र कुकुर थियो । कुकुरलाई भविष्यदर्शी जन्तु पनि भनिन्छ ।

 युवकको आगमन सुन्ने बित्तिकै जेरी नाम गरेको त्यो कुकुर हर्षित भएर भएर आउँथ्यो । त्यो कुकुरको रंगढंग देखेर गाँउलेहरु सहजै बुझनसक्थे की आज रमेशबाबु गाउँ फर्किएको छ । 

यो सुन्दर प्रसँगलाई नियालेर हेर्दा, के यो मानव एवं पशुबीचको प्रेम सम्बन्ध होइन ? प्रेमको कुनै सुत्र, सीमा वा दायरा हुँदैन् । प्रेम रम्दै गरेको जोगी र बग्दै गरेको पानी सरह हुन्छ ।

प्रेम कसैले गरेको महान कार्य वा व्यवहार होइन । यो स्वंयले प्रतिपादन गर्न सक्ने एउटा कला हो । प्रेम त्यो मूल्य हो जसमा बुद्धिमानी, सत्यनिष्ठ, धैर्य, उद्यमशीलता, इमानदारिता, विश्वास, विनम्रता एवंम स्वक्षताको एउटा समग्र रुप हुन्छ । हाम्रो सफलता, सन्तुष्टि र हर्ष प्रेमकोे आधारमा निर्भर हुन्छ ।

त्यसैले यसको पालना हामी दैनिक दिनचर्यामा गरिरहेका हुन्छौँ । एउटा सत्यतथ्य यो छ की जीवनमा जे गुर्न छ त्योसँग प्रेम गर्न सिक्नुपर्दछ । प्रेम दिवसमा एक आपसमा फूलको गुच्छा आदानप्रदान हुन्छ, यो पनि प्रकृतिसँग सम्बन्धित प्रेम हो । मातापिताले जसरी आफ्नो सन्तानलाई हेरचाह गर्छ, त्यसरी नै एउटा मालीले बगैँचामा  रोपेको फूलको बिरुवालाई स्याहार्छ ।

प्रेम क्षनिक, आधुनिक वा परम्परागत नभइ यो सनातन, अजर, अमर हो । सूर्यको ताप खप्न नसकेर मानवप्राणी वा जीवजन्तु् शीतलताको आश बोकेर प्रकृतिको काखमा समाउछौँ किनकी प्रकृतिलाई प्रेमको प्रतिपादक भनिन्छ ।

प्रेम एक प्रकारको राग हो । जब मानिस आफ्नो स्वाभिभावक अद्धितिय एकान्तको अनुभव गर्छ, त्यसको अनुभूतिमा रमाउँछ अनि प्रेमसँग परिचय हुन्छ । ओशोको बुझाइ अनुसार, जब तिमी प्रेममा हुन्छौँ, तिमी एकान्त अनुभव गर्छौ। एकान्त सुन्दर हो, आनन्द हो । तर मात्र प्रेमीले यसलाई अनुभव गर्न सक्छ किनकी मात्र प्रेमले हामीलाई एक्लो हुने हिम्मत प्रदान गर्छ ।

प्रेमले मात्र एक्लो हुने सन्दर्भ उत्पति गर्न सक्छ । यदि प्रेमीले आपसका खाली ठाउँलाई  भर्दैन तबसम्म प्रेम अधुरो हुन्छ । त्यो प्रेम विस्तारै पतन भएर जान्छ । एकान्तमा प्रेमले सकारात्मक शक्ति प्रदान गर्छ । जब कोही एक्लो हुन्छ, तब त्यो विन्दु सम्म उर्जा जम्मा गर्न सक्छ जहाँबाट प्रेम प्रवाहित हुन्छ । 

यो सकारात्मक उजार्, जीवन, आनन्द, उत्साह र साहस प्रेमबाट प्रवाहित हुन्छ । प्रेम वैज्ञानिकको अनुसन्धान हो, मालिको फूल हो, गायकको गीत र जीवको जीवन र प्रकृतिको सौन्दर्य हो । 

प्रेम निस्वार्थ हुन्छ, यसमा त्याग र समर्पण हुन्छ । प्रेम जीवनको सिर्जना र सिंगार हो । प्रेमलाई कसैले शब्द र सीमामा सिमित गर्न सक्दैन, त्यसैले आजसम्म यसको कुनै ठोस परिभाषा बन्न सकेको छैन् । 

विचार, अनुभव, सोच र अनुभूतिको विराट सम्पदालाई बुझन र अपनाउन सकेमा जिवन रुपी प्रेम सार्थक हुन्छ । कहिले पनि केही सौन्दर्य हेर्ने मौका नछुटाऔँ । वास्तविकता यो छ कि सुन्दरता ईश्वरको लेख हो ‌।

सबै अनुहारमा, स्वक्ष–स्वतन्त्र आकाशमा, सबै कोपिला र फूलमा उहाँको लेखाइमा झल्किन्छ....। त्यसैले हे ईश्वर, यो प्रेम र सौन्दर्यको लागि  तपाईँको आभारी छौँ ।

प्रकाशित : २ फागुन २०८१, शुक्रबार 10:42
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved