विराटनगर– ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘गर्ल्स अन ह्विल’ प्रतियोगिताको उपाधी प्रतीक्षा अधिकारी र सावित्री ढकालले जितेका छन् ।
विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरको सिटी प्यालेशमा सम्पन्न प्रतियोगिताको फस्ट रनरअप नम्रता शर्मा र सुजता शर्मा तथा सेकेण्ड रनरअप रिंकी धनावत र स्वेता तोदी घोषित भइन् । प्रतियोगिताको विजेता हुनेले नगद ६० हजारलगायतका विभिन्न गिफट ह्याम्पर प्राप्त गरेका छन् भने प्रतियोगिताको फस्ट रनअप र सेकेण्ड रनअपले क्रमश ४० हजार र २५ हजार नगदसहित गिफ्ट ह्याम्पर प्राप्त गरेकी हुन् ।
प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा ६० वटा स्कुटरको सहभागि रहेको विराटनगर प्राइम राउन्ट टेबलका अध्यक्ष भास्कर सोनीले जानकारी दिए । प्रतियोगितामा सहभागिले १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तिरेका थिए ।
‘प्रतियोगितामा भाग लिने प्रतियोगिहरुको लागि विराटनगरको १० वटा स्थान तोकिएको थियो । उक्त स्थानमा प्रतियोगिहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टाँस्क दिएको थियो । हरेक केन्द्रका लागि अलग अलग संकेत र टाँस्कहरु रहेको थियो । यसरी पूरा गरिएका टाँस्कका आधारमा सहभागी प्रतियोगिहरुले नम्बर प्राप्त गरेका थिए । सोही नम्बरकै आधारमा प्रतियोगिहरुबाट बिजेता घोषित गरिएको थियो । विजेता हुने प्रतियोगिहरुलाई नोवेल क्यान्सर अस्पतालकी डा. बन्दना पौडेल, संस्थाका अध्यक्ष भास्कर सोनीले पुरस्कृत गरेका थिए ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares