विराटनगर– होली पर्वका अवसरमा विराटनगर–११ स्थित नमुना टोलले हण्डीफोरलगायत प्रतियोगिता आयोजना गरेको छ । होली पर्वलाई उल्लासमय र स्मरणीय बनाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा हण्डीफोर प्रतियोगितामा तारा पौडेल विजेता बनेकी हुन् । प्रतियोगितामा सहभागी २३ जनामध्ये पौडेलले हण्डी फोरेर विजेता बनेकी हुन् । विजेता पौडेललाई नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, महानगर प्रहरीका प्रमुख राजन पौडेल, शिक्षक जनक पोखरेल र विद्यामणि आचार्य, जहदा गाउँपालिकामा कार्यरत कर्मचारीसमेत रहेका लेखक रोहित पौडेललगायतले नगद पुरस्कार प्रदान गरेका थिए ।
त्यस्तै, बालबालिका तथा किशोरकिशोरीबीच गराइएको म्युजिकल चियर प्रतियोगितामा मेघा श्रेष्ठ प्रथम भएकी छन् । बब्लुता शाक्य र निर्मला पोखरेलले संयोजन गरेको प्रतियोगितामा सुमित साह द्वितीय हुँदा वैभव श्रेष्ठले तृतीय स्थान हासिल गरे । उनीहरुलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा १३ जनाले सहभागिता जनाएका थिए । कार्यक्रममा एकआपसमा रंग दलेर शुभकामना आदानप्रदान गरेका थिए ।
साहित्य/कला
श्रीमानको दीर्घायुका लागि सावित्रीको श्रद्धा सम्झँदै, आज देशभर बटसावित्री पर्व मनाइँदै
द नेप्लिज संवाददाताकलमका सिपाही विजय चालिसे अब स्मृतिमा मात्रै
द नेप्लिज संवाददाताविराटनगरमा चलचित्र निर्माण सम्बन्धी कार्यशाला
द नेप्लिज संवाददाताथाइल्याण्डकी ओपाल सुचाता चुआङ्श्रीलाई मिस वर्ल्ड २०२५ को उपाधि, नेपाल अन्तिम ४० मै अटाउन सकेन
द नेप्लिज संवाददातावरिष्ठ सर्जक गणेश रसिकको मंगलबार बिहान पशुपति आर्यघाटमा अत्येष्टि
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares