तस्बिर : विनोद सुवेदी
विराटनगर – नेकपा एमाले विराटनगर महानगरपालिकाको दोस्रो अधिवेशनको उद्घाटन सत्रमै आन्तरिक फाटो सतहमा देखिएको छ । जिल्ला पार्टी कार्यालयमा मंगलबार सुरु भएको अधिवेशनमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकालको कोशी प्रदेश इन्चार्ज शेरधन राईसँग विवाद भएपछि मंच छाडेर बहिष्कार गरेका थिए ।
कार्यकर्ताहरूको आग्रहपछि ढकाल दर्शकदीर्घामा बसेका थिए । तर कार्यक्रम सुरु हुनुअघि नै देखिएको यस्तो प्रष्ट असन्तुष्टि एमाले मोरङमा बढ्दो गुटगत ध्रुवीकरण र संस्थापन पक्षको वर्चस्वका विरुद्धको आन्तरिक असहजता उजागर भएको विश्लेषण गरिएको छ ।
मंचमै चर्काचर्की, गुटगत असन्तुलनको संकेत
प्राप्त जानकारीअनुसार उद्घाटन सत्रमा मंचमा आसिन ढकाल र राईबीच केही बेर मतभेद चुलिएको थियो । ढकालले रिसाउँँदै मंच छाडेपछि विराटनगर–३ का वडाध्यक्ष वासु बस्नेतले उनलाई रोक्न प्रयास गरे । ढकाल दर्शकदीर्घामा बसे पनि उनी बोल्नबाट रोकिए, जसले पार्टीभित्र गुटगत विभाजन अझ प्रष्ट बनाएको छ ।
विश्लेषकहरूका अनुसार मोरङमा संस्थापन पक्ष र इतर पक्षबीचको तनाव पछिल्लो समय सार्वजनिक रूपमा झनै देखा पर्न थालेको हो । विशेषगरी ढकाल जस्ता इतर समूहका नेताहरूलाई कार्यसमितिमा प्रतिनिधित्व नदिने, बोल्न नदिने तथा कार्यक्रमको मंचबाट पर राख्ने प्रवृत्तिले आन्तरिक असन्तोष चुलिएको छ ।
धुलोपीठो नभएसम्म सुध्रिन्नौंः जिल्ला अध्यक्षको आक्रोश
अधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै एमाले मोरङका जिल्ला अध्यक्ष अजम्बर राईले जिल्ला कमिटीसँग समन्वय नगरी अधिवेशन सञ्चालन गरिएको गुनासो गरे । उनले मोरङ जिल्लामा पार्टीलाई ‘उत्तरी’ र ‘दक्षिणी’ मोर्चामा विभाजन गर्ने प्रयास भइरहेको उल्लेख गरे । ‘०८४’ को निर्वाचनमा धुलोपीठो नभइ हामी सुध्रिन्छौं जस्तो छैन,’ भन्ने उनको कथनले संस्थागत समन्वयको कमी र असन्तुष्टि कितिसम्म बढेको हो भन्ने प्रष्ट गर्छ ।
संस्थापन–इतर प्रतिस्पर्धा खुल्ला रुपमा
यस अधिवेशनमा महानगरपालिकाको नयाँ नेतृत्वका लागि दुई पक्षबीच प्रतिस्पर्धा खुलेर देखिएको छ । अध्यक्ष पदमा संस्थापन पक्षबाट रोहित कोइराला र इतर पक्षबाट बलाराम गिरी आकांक्षी छन् । अन्य पदहरूमा समेत दुवै पक्षका उम्मेदवारहरूले प्यानल बनाएर चुनावी प्रचारप्रसार तीव्र पारेका छन् ।
स्रोतहरूका अनुसार महानगर कमिटीको निर्वाचनमा सर्वसम्मत प्रयास गर्ने भनिए पनि वास्तविकता भने फरक देखिएको छ । इन्चार्ज शेरधन राईले सर्वसम्मतिको कुरा गरे पनि पार्टीभित्र तीव्र गुटगत चुनावी प्रतिस्पर्धा प्रष्ट देखिएको छ ।
ढकालको प्रभाव र पछिल्लो पंक्तिमा धकेलिँदै
विनोद ढकाल मोरङमा इतर समूहका प्रभावशाली नेताका रूपमा चिनिन्छन् । संसदीय निर्वाचनमा पराजित भएपछि उनको सक्रियता केही घटे पनि पछिल्लो समय जिल्ला अधिवेशनमा आफ्ना पक्षका उम्मेदवारहरूलाई प्यानलै जिताएपछि फेरि अगाडि आउन थालेका छन् । तर संस्थापन पक्षले उनलाई अझै पनि दोस्रो पंक्तिमा राख्ने गरेको आरोप उठिरहेको छ ।
विराटनगर महानगरपालिका अधिवेशनमा देखिएको मंच बहिष्कार, असन्तुष्टि र स्पष्ट गुटगत ध्रुवीकरण नेकपा एमालेभित्र संस्थापन र इतर पक्षबीचको दूरी चुलिँदै गएको संकेत हो । आगामी निर्वाचन (०८४) लाई लक्षित गर्दै गरिने कार्ययोजनामा यदि गम्भीर समन्वय र समावेशी कार्यशैली अपनाइएन भने आन्तरिक फुट पार्टीको चुनावी लक्ष्यमा बाधक बन्न सक्छ ।
समाचार
झापामा किशोरीसँग बलात्कार : पर्साका २४ वर्षीय युवक पक्राउ
द नेप्लिज संवाददातातस्करी–लेनदेन विवादमा गोली प्रहार, दुई पक्राउ, तीन फरार
द नेप्लिज संवाददाताटोखा विदेशी मुद्रा काण्डमा दुई जनाविरुद्ध मुद्दा, २५ करोड बराबरको बिगो माग
द नेप्लिज संवाददाताभण्डारीको नेतृत्व आकांक्षामा ओली चिन्तित : एमालेमा आन्तरिक द्वन्द्व चुलिँदै
द नेप्लिज संवाददातावीरगन्ज फेरि तनावग्रस्त : तीन युवा पक्राउपछि हिन्दूवादी प्रदर्शन, पत्रकार घाइते
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares