४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

सिन्धुपाल्चोकको भूकम्पको झट्का विराटनगरसम्म

द नेप्लिज संवाददाता
१६ फागुन २०८१, शुक्रबार

Advertisement

विराटनगर- शुक्रबार बिहान विराटनगरमा समेत भूकम्पको झट्का महसुस गरिएको छ । बिहान २ बजेर ५१ मिनेटमा गएको भूईंचालोसँगै स्थानीय चिच्याउँदै घरबाट बाहिर निस्केका थिए ।  सिन्धुपाल्चोकको लिस्तीकोटको दुई किलोमिटर वरपर केन्द्रविन्दु बनाएर ५.१ रेक्टरको भूकम्प गएको गूगल म्यापले देखाएको छ।

तर भूकम्प मापन केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।  सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ ।

भूकम्प १० किलोमिटर गहिराइबाट गएको मापन भएको छ ।  भूकम्पको सिन्धुपाल्चोकसहित काठमाडौं उपत्यका, आसपासका जिल्ला , पूर्वको विराटनगर लगायत कोशी प्रदेश, मधेस प्रदेश र भारतको दार्जिलिङ सम्म‌‌ झट्का महसुस भएको छ ।

यसले पारेको असर बारे विस्तृत विवरण आउन बाँकी छ...

प्रकाशित : १६ फागुन २०८१, शुक्रबार 03:09
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved