काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा देशभर प्रदर्शन चर्किंदै गएपछि प्राधिकरणको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।
सरकारले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेपछि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालयहरू तथा अन्य प्रमुख स्थानमा सुरक्षा सतर्कता बढाएको छ ।
घिसिङको बर्खास्तीप्रति राजनीतिक दलहरू, विद्यार्थी संगठनहरू र सर्वसाधारणले चर्को असन्तोष व्यक्त गरिरहेका छन् । विपक्षी दलहरू, नागरिक अभियन्ता र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सरकारको निर्णयको कडा आलोचना गरेका छन् ।
आज बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले काठमाडौंको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका थिए । प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै घिसिङलाई पुनः नियुक्त गर्न माग गरेका थिए । विशेषगरी घिसिङको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक सुधार गरेको भन्दै उनको बर्खास्तीप्रति चौतर्फी असन्तोष देखिएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताचुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares