काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा स्पस्ट धारणा राखेका छन् । उनलाई बर्खास्त गरेको विषयमा जवाफ दिइरहनु आवश्यक नभएको ओलीको बुझाइ छ ।
विपक्षी दलहरूले घिसिङको बर्खास्तीको विरोध गर्दै संसदमा अवरोध सिर्जना गरेको थियो । यसपछि प्रधानमन्त्रीबाट प्रतिक्रिया आएको हो ।
माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले संसदमा टिप्पणी गर्दै सरकारको निर्णय फिर्ता लिन र प्रधानमन्त्रीबाट जवाफ मागेका थिए । विपक्षीको विरोधका बाबजुद प्रधानमन्त्री ओलीले संसदमा प्रतिक्रिया नदिने बताए ।
युवा संघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘जब एउटा कर्मचारीलाई हटाइएको छ भने केहि मानिसहरूले त्यस्तो निर्णयको विरोध गर्न सक्छन् तर प्रधानमन्त्रीले जवाफ दिइसक्यो । 'एउटा हटायो, अर्को नियुक्ति गर्यो, सकियो । उनले थपे,‘यस्तो अवस्थामा जवाफ दिनु हाम्रो काम होइन ।’ यसैबीच संसद बिहीबारसम्म स्थगित भएको छ । अब यस विषयमा थप विवादको माहोल बनिरहेको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताचुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares