विराटनगर– गएको तीन सातादेखि गाजाका दुई अस्पतालमा काम गरिरहेका एक अमेरिकी सर्जनले आवश्यक उपकरण एवं आपूर्तिको अभावका कारण घाइते प्यालेस्टिनी बिरामीहरूले ज्यान गुमाइरहेको बताएका छन् । डा. मार्क पर्लमुटरले इजरायली सेनाले गाजामा हमासविरुद्धको आक्रमण पुनः सुरु गरेपछि चिकित्सकहरूले साबुन, एन्टिबायोटिक्स वा एक्स–रे सुविधाबिना नै शल्यक्रिया कक्षमा काम गर्नुपरेको बताएका छन् ।
उनका अनुसार १५ वर्षीय एक किशोरी जो साइकल चलाइरहेको बेला इजरायली मेसिनगनको गोली प्रहारबाट घाइते भएकी थिइन्, त्यस्ता थुप्रै बालबालिकामध्ये एक थिइन्, जसको उनले उपचार गरेका थिए । इजरायली सरकारले गाजामा जारी आक्रमणहरू बाँकी बन्धकहरूलाई रिहा गराउन हमासलाई बाध्य पार्ने उद्देश्यले गरिएका दाबी गरेको छ ।
डा. पर्लमुटरले आफ्नो दोस्रो गाजा यात्राको अन्त्य लगत्तै बीबीसीसँग कुरा गरे । उनको पहिलो यात्रा लगभग एक वर्षअघि थियो । गाजामा इजरायली आक्रमणको आलोचना गर्दै उनले यसअघि हतियार प्रतिबन्ध लगाउन आह्वान गरेका थिए र गाजामा भएका आक्रमणहरूलाई जनसंहार भनेका थिए जुन इजरायलले कडा रूपमा अस्वीकार गरेको छ ।
यस पटक उनले केन्द्रमा पर्ने देइर अल–बालाहस्थित अल–अक्सा अस्पताल र गाजाको दक्षिणी भागमा पर्ने नासर अस्पतालमा काम गरे । उनले वल्र्ड हेल्थ अर्गनाइजेसन (डब्लुएचओ) को व्यापक कार्यक्रमअन्तर्गत ‘ह्युम्यानिटी अक्सिलियम’ का लागि गाजामा सेवा प्रदान गरेका थिए ।
उनी नासर अस्पतालमा रहेका बेला इजरायली हवाई आक्रमण भयो जसले हमासका वित्त प्रमुख इस्माइल बरहुमलाई लक्षित गरेको थियो । हमासका अनुसार बरहुम इजरायली आक्रमणमा घाइते भएका कारण उपचारका लागि अस्पतालमा रहेका थिए । तर इजरायली सेनाले यो अस्वीकार गर्दै उनी अस्पतालमा ‘आतङ्ककारी गतिविधि गर्न’ पुगेको दाबी गरेको छ।
डा. पर्लमुटरले भनेका छन् कि बरहुम थप उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । उनले बीबीसीलाई भने, ‘जेनेभा सम्झौताअनुसार, कुनै पनि घाइते व्यक्ति अस्पतालमा सुरक्षित हुन पाउनुपर्छ ।’
डा. पर्लमुटरका लागि हालैको इजरायली आक्रमणको मानवीय क्षति दुई जना १५ वर्षीय किशोर÷किशोरीहरू थिए – तीमध्ये एक साइकल चलाइरहेकी केटी थिइन् । ‘दुवैजना इजरायली अपाचे हेलिकोप्टरबाट गोली वर्षाइएर अत्यन्त नराम्रोसँग घाइते भएका थिए,’ उनले भने।
उनका अनुसार ती किशोरी ‘भाग्यमानी ठहर्नेछिन्, यदि उनले आफ्ना तीन अंगहरू जोगाउन सकिन् भने । डा. पर्लमुटरका अनुसार उनलाई अस्पताल ल्याउने एम्बुलेन्स चालकहरूलाई स्थानीयले उनलाई इजरायली सेनाको हेलिकोप्टरबाट गोली हानेको भनेका थिए ।
उनले भने, ‘ती किशोरी एक्लै साइकल चलाइरहेकी थिइन्, उनको साथमा कुनै झोला वा शङ्कास्पद वस्तु थिएन ।’ त्यस्तै १५ वर्षीय एक किशोर आफ्नी हजुरआमासँग कारमा यात्रा गरिरहेका थिए जब उत्तरबाट बाहिर जान इजरायली सेनाले चेतावनी दिएका थिए ।
‘त्यसपछि कारलाई दुई वटा अपाचे हेलिकोप्टरहरूले आक्रमण गरे, हजुरआमा तुरुन्तै घटनास्थलमै मारिइन्,’ उनले भने । ‘केटा दायाँ खुट्टाविहीन अवस्थामा अस्पताल ल्याइयो । उनको बायाँ खुट्टाको रक्त नली सुधार गर्न पाँच घण्टा लाग्यो । बायाँ हात कालो परेर बिग्रिसकेको थियो, जुन पछि काट्नुप¥यो । बायाँ खुट्टा पुनर्निर्माणका लागि धेरै शल्यक्रियाहरू आवश्यक पर्छन् र उनको छातीमा पनि चोट लागेको छ । उनी बाँच्छन् कि बाँच्दैनन्, निश्चित छैन ।’
गाजाका अधिकांश अस्पतालहरू बन्द छन् वा मुश्किलले सञ्चालन भइरहेका छन् । डा. पर्लमुटरका अनुसार गाजाका अस्पतालहरू अमेरिका (उनको गृह राज्य नर्थ क्यारोलिना) मा रहेका अस्पतालहरूसँग तुलना गर्न सकिँदैन ।
‘साना अस्पताल अल–अक्सा हाम्रो यहाँको कुनै पनि अस्पतालको दशौं भाग मात्र हो, सायद अझ सानो । तर त्यहाँका चिकित्सकहरूले असाध्यै गम्भीर घाइतेहरूको उपचार गर्न संघर्ष गरिरहेका छन्,’ उनले भने ।
संयुक्त राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले शनिबार गाजाको वर्तमान अवस्थालाई विनाशकारी भनेका छन् । ‘मार्चको सुरुदेखि गाजाका सबै प्रवेशद्वार बन्द छन् । सीमामा खाद्यान्न कुहिँदैछ, औषधि नष्ट हुँदैछ र आवश्यक चिकित्सा उपकरणहरू अड्किएका छन्,’ उनले भने।
‘यदि मानवअधिकार कानुनहरू अझै पनि महत्व राख्छन् भने अन्तर्राष्ट्रिय समुदायले तिनीहरूको रक्षा गर्न कार्य गर्नुपर्छ,’ फ्लेचरले भने । मार्च २ मा इजरायली सरकारले गाजाका नाका बन्द ग¥यो र मानवीय सहायता रोक्यो । इजरायली सरकारका अनुसार यस निर्णय हमासले अमेरिकी प्रस्ताव अस्वीकार गरेको प्रतिक्रियास्वरूप गरिएको थियो । डा. पर्लमुटरका अनुसार यदि इजरायली आक्रमणबाट गाजामा अझै पनि ठूलो संख्यामा घाइते हुने घटना भए भने अस्पतालहरूमा आवश्यक औषधि र उपकरणको अभावका कारण थप प्यालेस्टिनीहरू अनावश्यक रूपमा ज्यान गुमाउनेछन् ।
विश्व/प्रवास
चीनद्वारा आफ्ना नागरिकलाई अमेरिका यात्रामा सतर्कता अपनाउन आग्रह
द नेप्लिज संवाददाताम्यानमारमा शक्तिशाली भूकम्प पछिको उद्धार प्रयासमा अवरोध
द नेप्लिज संवाददाताचीनको कडा जवाफ : अमेरिकी आयातमा १२५% सम्म कर, व्यापार युद्ध चर्किंदै
द नेप्लिज संवाददातायुक्रेन युद्धबारे ट्रम्पको चेतावनीबीच विटकोफ र पुटिनबीच चार घण्टा लामो भेट
द नेप्लिज संवाददाताअमेरिकामा विदेशी विद्यार्थीमाथि कडा निगरानी : नेपाली विद्यार्थीसमेत प्रभावित
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares