विश्व रंगमञ्च दिवस
काठमाडौं – आज २७ मार्च । विश्व रंगमञ्च दिवस । सन् १९६१ मा इन्टरनेशनल थिएटर इन्स्टिच्युट (आईटीआई) द्वारा स्थापित यस दिवसको मुख्य उद्देश्य विश्वभर रंगमञ्च कलाको प्रवद्र्धन गर्नु, संस्कृतिहरूबीच समझदारी बढाउनु र रंगमञ्चकर्मीहरूलाई आफ्नो कार्यको महत्वबारे जागरूक गराउनु हो ।
बर्सेनि आईटीआई विश्वप्रसिद्ध रंगमञ्चकर्मीहरूद्वारा अन्तर्राष्ट्रिय सन्देश प्रकाशित गर्छ । यसमा रंगमञ्च र शान्तिको संस्कृतिबारे विचार व्यक्त गरिन्छ । पहिलो यस्तो सन्देश सन् १९६२ मा फ्रान्सेली नाटककार जीन कोक्टेउले दिएका थिए ।
नेपालमा पनि विश्व रंगमञ्च दिवस विविध कार्यक्रमहरूद्वारा मनाइन्छ । रंगमञ्चकर्मीहरू, कलाकारहरू र दर्शकहरूबीच अन्तरक्रिया, नाटक प्रदर्शन तथा कार्यशालाहरूको आयोजना गरिन्छ यसले नेपाली रंगमञ्चको प्रवद्र्धनमा योगदान पु¥याउँछ ।
नेपाली रंगमञ्चको वर्तमान अवस्था र चुनौतीहरू
नेपालमा पछिल्लो समय रंगमञ्चको संख्यात्मक वृद्धि भएको छ । यसबाट दर्शकहरूको रुचि बढेको देखिन्छ । तर गुणस्तरीयता र विविधताका अभावमा चुनौतीहरू थपिएका छन् । रंगमञ्चकर्मीहरुका अनुसार नयाँ शैली, बहस र अन्तरक्रिया जरुरी छ । एउटै धारका नाटक दोहोरिँदा विविधता हराएको महसुस हुन्छ ।
धेरै कलाकारहरू रंगमञ्चलाई फिल्म क्षेत्रमा प्रवेश गर्ने खुड्किलोको रूपमा लिने प्रवृत्ति देखिएको छ । यस क्षेत्रमा सक्रियहरुका अनुसार रंगमञ्चबाट फिल्ममा जाने प्रचलन नयाँ होइन, नराम्रो पनि होइन । तर केवल फिल्मको खुड्किलो बनाउनु गलत भएको उनीहरुको बुझाइ छ । उनीहरुकाअनुसार मेहनत, लगाव र समर्पण भएकाले रंगमञ्चबाटै लोकप्रियताको शिखर चुमेका छन् ।
जानकारहरुका अनुसार आर्थिक रूपमा रंगमञ्चको क्षेत्रमा संघर्ष छ तर सही ढंगले बजारमा जान सकियो भने यसबाट आम्दानीका ढोकाहरु खुल्न सक्छन् । दर्शकले मन पराएर टिकट किनी दिने हुनाले यति धेरै रंगमञ्चहरू सञ्चालन भइरहेको यस क्षेत्रमा लागेकाहरुको बुझाइ छ ।
कुनै बेला विद्रोह र परिवर्तनको थलो मानिने रंगमञ्चमा क्षेत्रमा व्यवसायीकरण बढेको र निर्देशनमा राम्रो ज्ञान लिएर आउनेहरु पनि थपिंदै छन् । राम्रो अध्ययनका साथ राम्रो विषयवस्तुलाई दमदार प्रस्तुति दिन सकेमा रंगमञ्च क्षेत्र राज्य वा सरकारी निकायको सहयोग बिना पनि अघि बढ्न सक्ने धेरैको बुझाइ छ ।
नेपालमा समृद्ध हुँदै गएको रंगमञ्चलाई गुणस्तरीयता, नवीन शैली, गहिरो अध्ययन र सशक्त व्यवस्थापन गर्न सकियो भने नेपाली रंगमञ्चको भविष्य उज्ज्वल बन्न सक्ने मोरङका पुराना रंगकर्मी कृपाल सिंह बताउँछन् । ‘सधैं राज्य र सरकारले सहयोग गरेन् भन्दै राग अलाप्नुको कुनै अर्थ छैन ,’उनले भने ।
साहित्य/कला
‘बेबी बुद्ध’लाई स्नान गराउँदै विश्वमैत्रीको कामना
द नेप्लिज संवाददाताकहीँ नभएको जात्रा हाँडीगाउँमा
द नेप्लिज संवाददाताशीतलता, सहअस्तित्व र सिर्जनशीलताको उत्सव
जितेन्द्र साहमध्यपुरथिमिमा मात्र मनाइने जात्रा
द नेप्लिज संवाददाता१२ वर्षे हलचोक आकाश भैरव जात्रा सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares