आज महिला दिवस
विराटनगर– विराट गोल्डकपको नवौँ संस्करणको रात्रीकालिन खेलअन्तर्गत विराटनगरको सहिद रंगशालामा शनिबार हुने चर्च ब्वाइज यूनाइटेड र एनआरटीबीचको खेल हेर्न १५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरुलाई निःशुल्क प्रवेश दिने भएको छ ।
अवसरबाट बञ्चित महिलाहरुको सशक्तीकरणका लागि र महिलालाई अवसर प्रदान गर्न विराट गोल्डकपको खेल हेर्न निःशुल्क टिकटको व्यवस्था गरेको विराट गोल्डकप आयोजक समितिका संयोजक नविन रिजालले बताएका छन् ।
विराट गोल्डकपको शुक्रबार भएको खेलमा थ्री स्टार क्लबले डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटवल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ सञ्चालन गरेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ मा १० वटा टिम सहभागी छन् ।
खेलकुद
इतिहास रच्दै नेपाली महिला टोली टी–२० विश्वकप छनोटमा प्रवेश
द नेप्लिज संवाददाताकाेशीमा ३५ जना क्रिकेटकाे ´ओ` लेभेल अम्पायर तयार
द नेप्लिज संवाददाताकराते प्रिमियर लिगमा एरिका गुरुङको ऐतिहासिक कास्य पदक
द नेप्लिज संवाददाताक्रिकेट फाउण्डेशनद्वारा कोशी र मधेसमा क्रिकेट खेल सामग्री वितरण
द नेप्लिज संवाददातातनाव, नाटकीयता र व्यक्तिगत उपलब्धिका कथा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares