काठमाडौँ– सरकारले फेरि वार्तामा बोलाए पछि नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै २० चैतदेखि काठमाडौमा आन्दोलनरत महासंघले थप रणनीति तय गर्न बैठक बोलाएको हो । ‘आन्दोलनको समीक्षा बैठकमा छौँ,’ आन्दोलन परिचालन समितिको संयोजक एवं महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता र संवादका लागि राहत एवं अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक–कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई बोलाएको छ । सरकारले वार्ताको मिति बुधबार (भोलिको लागि) तोकेको छ । वार्ता र संवादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सरोकारवाला सरकारी पक्षसँग छलफल गरेपछि शिक्षकहरूलाई वार्ताको लागि पुनः बोलाइएको हो । शिक्षकहरू यस पटक वार्तामा सहभागी हुने विश्वास सरकारको छ । यसअघि दुई पटक बोलाएको वार्तालाई महासंघले अस्वीकारेको थियो ।
शिक्षा/प्रविधि
नयाँ वर्षको पहिलो दिन पनि आन्दोलनमै शिक्षक
द नेप्लिज संवाददातागहुँ काट्ने तरखरमा छौँ भने...
द नेप्लिज संवाददाताशिक्षा विधेयक छिटो पारित गर्ने सरकारी प्रतिबद्धता : परीक्षा प्रभावित नहोस् भनी आन्दोलन अन्त्यको आह्वान
द नेप्लिज संवाददाताविद्यालय शिक्षा ऐन पारित गर्ने तयारीसहित संसद अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस, शिक्षक महासंघ छलफलमा
द नेप्लिज संवाददाताशिक्षक आन्दोलन निर्णायक चरणमा : संसद्ले विद्यालय शिक्षा ऐन पारित नगरे ऐन नलिइ घर नफर्कने चेतावनी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares