विराटनगर– मिल्स गोल्डकप फुटवल प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा इटहरी टीएफसी तालतलैयालाई पराजित गर्दै गाइघाटको फ्यूजन फुटबल क्लब फाइनलमा पुगेको छ । विराटनगर जुट मिल खेल मैदानमा जारी पाँचौँ संस्करणको मिल्स गोल्डकपको पहिलो सेमिफाइलन खेलमा सुनसरी इटहरीको टीएफसी तालतलैयालाई ५–१ गोलअन्तरले पराजित गर्दै उदयपुर फाइनलमा पुगेको हो ।
उदयपुरको जितका लागि रितेस तामाङ्ले दुई गोल, सुनिल खड्का, दिपक मगर र दिवस राईले समान १–१ गोल गरे । इटहरीको तर्फबाट सुजन मगरले सान्तवना गोल फर्काएका थिए । खेल सुरु भएको ९ औँ मिनेटमा उदयपुरका रितेस तामाङ्गले गोल गर्दै टिमलाई अग्रता दिलाए । दिपक मगरले निकालेको क्रस पासलाई रितेसले गोलमा परिणत गरेका थिए ।
पहिलो हाफसम्म १–० गोलले अग्रता लिएको उदयपुरलाई दोस्रो हाफपछि ४५ औँ मिनेटमा इटहरीका सुजन मगरले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी ल्याएका थिए । इटहरीका खेलाडी अभिषेक कालिकोटीलाई डिबक्स भित्र फल खेलेर लडाएपछि रेफ्री अनिल खवासले पेलान्टी दिएका थिए ।
त्यसपछि उदयपुरले खेलको रणनीति बदल्दै आक्रमक खेल पस्कियो । खेलको ६१ औँ मिनेटमा उदयपुरका रितेस तामाङले गोल गर्दै अग्रता दोब्बर बनाए । दिपकले निकालेको पासलाई रितेसले गोलमा परिणत गरे । दोस्रो गोल गरेलगत्तै उदयपुरका सुनिल खड्काले ६२ औँ मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए । दोस्रो हाफपछि इटहरीलाई दवाबमा राखेको उदयपुरले अतिरिक्त समयमा थप दुई गोल गर्यो । दिपक मगर र दिवस राईले खेलको अतिरक्ति समयमा समान १–१ गोल गर्दै टिमको जित सुनिश्चत गरे । प्रतियोगितामा दुई गोल गर्ने उदयपुरका रितेस तामाङ् म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे ।
उपाधि रक्षाको लागि उदयपुरले अब शुक्रबार हुने दोस्रो सेमिफाइलनमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लब र लेटाङ फुटबल क्बलको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजना भएको प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैयाँ र उपबिजेताले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल आइतबार हुने मिल्स गोल्डकप फुटबल टष्ट्रका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए । प्रतियोगिताका भारतको एक टिमसहित कोशी प्रदेशका ८ वटा टिमको सहभागिता रहेको थियो ।
खेलकुद
इन्डो–नेपाल क्रिकेटः पटना सेमिफाइनलमा
द नेप्लिज संवाददाताइन्डो–नेपाल क्रिकेटःहोराइजन र एनबीएससी विजयी
द नेप्लिज संवाददातादीपेन्द्रसिंह ऐरीले टी–२० क्रिकेटमा शुन्यमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान बनाए
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेटः पटना र विराटनगर फाइनलमा
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares