४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

काठमाडौं उपत्यका र पहाडमा होलीको उमंग

द नेप्लिज संवाददाता
२९ फागुन २०८१, बिहीबार

काठमाडौँको वसन्तपुरमा बिहीबार होली मनाउँदै विशाल जनसमुदाय । तस्बिर : द नेप्लिज डट कम

Advertisement

विराटनगर- आज बिहीबार फागुपूर्णिमा, होली उत्सव । काठमाडौं उपत्यका र पहाडी जिल्लामा स्थानीय रंगमा सरोबर भएका छन् । फागुन २३ मा सुरु भएको फागु तराई क्षेत्रमा शुक्रबार समापन हुँदै छ । 

वसन्तको आगमनको उमंगमा मनाइने यो पर्वलाई होली, होलिका दहन भनौँ असत्य विरुद्ध सत्यको विजयका नामले बढी चिनिन्छ । काठमाडौंको हनुमान ढोकामा साता अगाडि चीरोत्थानबाट सुरु हुने रंगको यो संगीत उत्सव त्यहीँबाट चीर दाह गरी पूर्णता दिइन्छ ।

फाल्गुण शुक्ल अष्टमी यसको आरम्भ र पूर्णिमा समापनको दिन हो । नेवारी समुदायले यसलाई होलिपुन्ही भन्छन् । वसन्तपुर काठमाडौंमा लिंगो ठड्याएर  सुरु हुने यो पर्व तराई मधेशमा टुंगिन्छ । यो नेपाली होलीको मौलिक विशेषता हो ।‌‌ यसले संघीय राजधानी काठमाडौंलाई मुलुकको सबै भूभागबासीसँग भावनात्मक रुपले पनि जोड्छ ।

फागु पूर्णिमादेखि तापक्रम बढ्न थाल्छ । गर्मीले प्रवेश पाउँछ । वरिपरिका बोटबिरुवा हराभरा देखिन्छ ।‌ पाप सोच राख्नेको होलिकाकै जस्तै  विनाश हुने सन्देश दिने  यो पर्वको सत्ययुगदेखि थालनी भएको हो । नेपाली समाजलाई यो पर्वले सद्भाव र एकताको सन्देश दिन्छ ।

यहाँ यस पर्वको थालनी मल्ल राजाहरूबाट भएको हुन सक्ने हनुमान ढोकामा चीर ठड्याउने कार्यबाट महसुुस हुन्छ । फागुको राग गाउने परम्परा बारे मल्लकालीन इतिहासमा उल्लेख छ । एक किंवदन्तीअनुसार भोट गएका एक व्यापारी आफ्नो बस्ती काठमाडौंको ठहिटी टोलमा फर्कन सकेको खुसीयालीमा सहरमा अवीर जात्रा गर्ने परम्परा सुरु भएको रहेछ । काठमाडौंको ठबली महाविहारबाट ‘चक्रद्य’ जात्रा सुरु हुने परम्पराले यसको पुष्टि हुन्छ । 

काठमाडौंवासीले होललीाई ‘चक्रद्य’ भन्छन् । यो जात्रा होलीकै सम्झनामा सुरु भएको हुन सक्ने संस्कृतिविद्हरूको बुझाइ छ‌ ।  फागुपूर्णिमामा आज राजधानी काठमाडौं, पहाडी तथा हिमाली जिल्लामा रंग र संगीतको धुम छ । आज ती जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।

होलिका दहन पछि मनाइने परम्परा अनुसार शुक्रबार तराई-मधेशका जिल्लामा होली मनाइन्छ । यहाँ सरकारले सार्वजनिक बिदा घोषणा गरिसकेको छ । 

थकाली समुदायले आफ्नो सबैभन्दा ठूलो चाड यो वर्षको तोरन्ल पर्व पनि आजै मनाउँदै छन् ।

उता चितवनको गुरुङ समुदायले आज मे त्हलें प्रीब (बाण विद्या) पर्व  मनाउँदै छन् । उनीहरुले हरेक वर्ष फागुपूर्णिमाका दिन यो पर्व मनाउने गर्छन् ।

आज त्यहाँका गुरुङ समुदायले धनुष वाण, बर्छा, छेलो फाल्ने, कुस्ती खेल्छन् । खुकुरीलगायत घरेलु हतियारको पूजा गर्छन् । चितवनको भरतपुरमा आज जिल्लास्तरीय धनुषवाण प्रतियोगिता आयोजना गरिएको छ ।

प्रकाशित : २९ फागुन २०८१, बिहीबार 11:07
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved