विराटनगर– नेपाल प्रहरीले सुनसरी, बर्दिया, रुकुम, झापा र चितवन लगायबाट अवैध लागू औषध सहित १० जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सुनसरीको धरान–१४ खत्रीधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २५ ट्याब्लेट र स्पास्पेन १ सय २५ ट्याब्लेट सहित धरान–४ खैरेनीटार बस्ने ४५ वर्षीय संजिव थापालाई शुक्रबार दिउँसो पक्राउ गरिएको हो ।
बर्दियाको बढैयाताल–७ कर्णालीपुरबाट ४ ग्राम २ सय ३० मिलिग्राम खैरो हेरोइन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर–१ बस्ने २० वर्षीय बिजय जंग शाही र कोहलपुर–२ बस्ने ३० वर्षीय लोक बहादुर सोमे मगर रहेको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
रूकुम पश्चिमको मुसिकोट–१ त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ११ ट्याब्लेट र नगद १९ हजार ४ सय ३५ रूपैयाँ सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउहरूमा मुसिकोट–१० चुन घर भई मुसिकोट–५ सेरीगाउँ बस्ने २३ वर्षीय दिपक बिक, मुसिकोट–१ कैलदेउ बस्ने २३ वर्षीय ओपिराम बोहरा र बाँफिकोट–५ काँडा घर भइ मुसिकोट–१ पातुखोला बस्ने २३ वर्षीय अनिल केसी छन् ।
झापाको दमक–४ ताराबारी चोकबाट नियन्त्रित लागूऔषध स्पास्पेन २० ट्याब्लेट र नगद ३ हजार ७ सय रूपैयाँ सहित दमक–४ बरगाछी बस्ने ३५ वर्षीय शिव कुमार सोरेन समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ताराबारीबाट खटिएको प्रहरीले प्र.१–०२–०४२ प २ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारेको हो ।
चितवनको भरतपुर–३ कमलनगरस्थित बाग्लुङ कालिका खाजा घरबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खाजा घरका संचालक भरतपुर–२९ कुसुमटार घर भएका ३५ वर्षीय राजेश लामा र कालिका–८ देवीटार बस्ने २६ वर्षीय कृष्ण बिक छन् । जिल्ला प्रहरी कार्यालय चितवन र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले खाजा घरको पछाडि प्यासेजबाट उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares