६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

नवराज सुवेदीले जगमान गुरुङलाई राजावादी आन्दोलनको नेतृत्व सुम्पिए

द नेप्लिज संवाददाता
१७ चैत २०८१, आइतबार

Advertisement

काठमाडौं —  राजसंस्था पुनःस्थापनाका लागि चलिरहेको राजावादी आन्दोलनको नेतृत्व अब नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले गर्ने भएका छन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सरकारले आफूलाई नजरबन्दमा राखेको दाबी गर्दै आन्दोलनको नेतृत्व गुरुङलाई हस्तान्तरण गरेको बताएका छन् ।

आइतबार जारी प्रेस विज्ञप्तिमा सुवेदीले भनेका छन्,’सरकारले मलाई नजरबन्दमा राखेकाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नुहुनेछ । आन्दोलनलाई निरन्तरता दिन सबै सम्बन्धित दल, संघ–संस्थालाई सहयोग गर्न आह्वान गर्दछु ।’

चैत ४ मा व्यवसायी दुर्गा प्रसाईंको अगुवाइमा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष एवं राप्रपाका नेता सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । सुवेदीले प्रसाईंलाई आन्दोलन समितिको ’कमाण्डर’ घोषणा गरेका थिए ।

तर गत शुक्रबार प्रसाईंले नेतृत्वको प्रदर्शन हिंस्रक बनेको थियो । प्रदर्शनका क्रममा दुई जनाको मृत्यु हुनुका साथै सयौं गम्भीर घाइते भएका थिए । दर्जनौँ सवारी साधनमा आगजनी भएको थियो भने व्यक्तिगत तथा सरकारी सम्पत्तिमा क्षति पुगेको थियो ।

उक्त घटनापछि प्रहरीले राजावादी नेताहरूलाई नियन्त्रणमा लिन थालेको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा लगायतका नेताहरू पक्राउ परिसकेका छन् । संयोजक सुवेदीलाई भने सरकारले भेटघाटमा प्रतिबन्ध लगाएको छ । आन्दोलनका प्रमुख पात्र दुर्गा प्रसाईं अझै फरार छन् । सरकारले हिंसात्मक आन्दोलन सह्य नहुने बताउँदै आवश्यक कारबाही अघि बढाइने चेतावनी दिएको छ ।
 

प्रकाशित : १७ चैत २०८१, आइतबार 15:02
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved