६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

प्रेस चौतारीको नेतृत्व निर्वाचनबाट चयनको माग गर्नेलाई सदस्यता खारेजीको धम्की

द नेप्लिज संवाददाता
११ चैत २०८१, सोमबार

Advertisement

विराटनगर– प्रेस चौतारी नेपालको विराटनगरमा आइतबारबाट सुरु भएको १० औँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयनका लागि प्रतिनिधिहरुले दवाव दिइरहेका छन् । जिल्लादेखि केन्द्रसम्मका महाधिवेशनमा आएका प्रतिनिधिहरुले मतदान प्रक्रियाबाट सबल र सक्षम नेतृत्व चयनका लागि हस्ताक्षर अभियान चलाइरहेको छ । 

प्रेस चौतारीको नयाँ नेतृत्वका लागि गणेश पाण्डे र निवर्तमान उपाध्यक्ष राजेश राई प्रतिस्पर्धामा छन् । महाधिवेशनबाट प्रेस चौतारीको नेतृत्व राजेशले गर्नुपर्ने माहोल देखिएको छ तर पार्टी नेतृत्वले गणेश पाण्डेलाई चौतारीको जिम्मा लगाउन र त्यसको विरोध गर्नेहरुलाई धम्कीसमेत दिइरहेको छ । 

महाधिवेशनको बन्द सत्रमा चौतारीको निवर्तमान अध्यक्ष गणेश बस्नेतले हस्ताक्षर अभियान कसले चलाइरहेको आफूहरुलाई जानकारी रहेको र त्यो नरोकिए साधारण सदस्यबाट समेत हटाइदिने सार्वजनिक रुपमा धम्की दिएका छन् । यसअघि पनि प्रेस चौतारीको पोखरामा भएको महाधिवेशनमा तत्कालिन उपाध्यक्ष माधव नेपाललाई अध्यक्षमा अस्विकार गर्दै निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको र यसपटक पुनः नेतृत्व वर्गले खल्तिबाट नेतृत्व चयन गर्न खोजिएकोले आफूहरु हस्ताक्षर अभियान सुरु गरेको महाधिवेशनका एक सहभागीले बताए ।

नेतृत्व पक्षले सर्वसम्मत रुपमा गणेश पाण्डेको नेतृत्वमा प्रेस चौतारीको नयाँ नेतृत्व चयन गर्ने दाउमा छन् भने बहुमत प्रतिनिधि मतदान प्रक्रियाबाट राजेश राई प्रेस चौतारीको अध्यक्षमा निर्वाचित गराउन दवाव बढाइरहेका छन् । राजेश राई प्यानललाई कमजोर बनाउन र दवावमा पार्न निवर्तमान अध्यक्ष गणेश बस्नेतले १०९ जना प्रतिनिधि मनोनित गरेपछि विवादसमेत चुलिएको छ । महाधिवेशनमा देशभरिबाट ९२३ प्रतिनिधि आउने आयोजकको भनाइ छ । 

तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरिबाट ९ सय प्रतिनिधि विराटनगर आइपुगेको प्रेस चौतारीले जनाएको छ । यो महाधिवेशनले प्रेस चौतारीको नयाँ नेतृत्व चयन गर्छ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रेस चौतारीको नयाँ नेतृत्व सर्वसम्मत चयनका लागि निर्देशन दिए पनि निर्वाचन प्रक्रियाबाट मात्रै नेतृत्व चयन हुने अवस्था देखिएको छ । 

प्रेस चौतारीको नयाँ नेतृत्वका लागि ओलीको अर्थात् संस्थापन पक्षबाट गणेश पाण्डेलाई अघि सारिएको छ भने इत्तर पक्षबाट चौतारीको वर्तमान महासचिव राजे राईलाई अघि सारिएको हो । दुबै जनाले आ–आफ्ना प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । उनीहरुले महाधिवेशनमा आएका प्रतिनिधिहरुसँग भोट पनि माग्न थालेका हुन् । 

प्रकाशित : ११ चैत २०८१, सोमबार 07:31
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved