विराटनगर– रोटरी क्लब अफ विराटनगर र मिडटाउनले विराटनगर महानगरलाई आगलागी नियन्त्रणका लागि सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । क्लबले महानगरको फायर ब्रिगेड टोलीका लागि सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।
विराटनगरमा आयोजित कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, पूर्वडिष्ट्रिक्ट गभर्नर सन्तोष रिजाल, रोटरीका अध्यक्ष मनोजविक्रम शाहलगायतले महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वारुणयन्त्र शाखाका प्रमुख एवं नगर प्रहरीका प्रमुख राजन पौडेललाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।
कतै आगलागी भएको अवस्थामा आफू सुरक्षित रहँदै अग्नि नियन्त्रण गरुन् भनेर वारुणयन्त्रकर्मीलाई सुरक्षा सामग्री हस्तान्तरण गरिएको क्लबका अध्यक्ष मनोजविक्रम शाहले जानकारी दिए । उनका अनुसार महानगरको फायर ब्रिगेड टोलीलाई ७ थान आगो नलाग्ने ट्रयाक, ट्राउजर, बुट, हेलमेटलगायतका सामग्री प्रदान गरिएको हो ।
स्थानीय सरकार
चार दशकदेखि अलमलिएको सीमा विवाद हल गर्न सोलु–ओखलढुंगाले गठन गरे कार्यदल
द नेप्लिज संवाददाताटेण्डर सूचना लुकाएर ठेक्का बाँडफाँड, तिलाठी कोईलाडीका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
द नेप्लिज संवाददाताविराटनगर महानगरले पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन गर्दै
द नेप्लिज संवाददाताकांग्रेस र माओवादीको वडाध्यक्षहरुद्वारा सरकारी पुल कवाडीमा बिक्री, सार्वजनिक सम्पत्ति चोरीमा अनुसन्धान
कृषिमा यान्त्रिकीकरणका लागि रतुवामाईका किसानलाई एक करोडको औजार उपकरण
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares