६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

अबकाे पत्रकारिता स्थानीय मिडियाले मात्रै जाेगाउन सक्छ: कार्यबाहक अध्यक्ष आचार्य

द नेप्लिज संवाददाता
२४ चैत २०८१, आइतबार

Advertisement

विराटनगर- नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्यले स्थानीय स्तरकाे मिडियाले नै अबकाे पत्रकारिता जाेगाउने अवस्था सृजना भएकाे बताएका छन् ।

पत्रकार महासंघ माेरङमा आइतबार पत्रकारहरूसँगकाे अन्तरक्रियामा उनले अबकाे पत्रकारिता जाेगाउन स्थानीय स्तरकाे मिडिया सशक्तीकरण गर्नुकाे विकल्प नभएकाे बताएका हुन् । ´स्थानीय स्तरकाे मिडियालाई सशक्तीकरण गर्न नसकिए पत्रकारिता नै नरहने अवस्था छ,` उनले भने, ´त्यसैले स्थानीय मिडियालाई समानुपातिक रूपमा विज्ञापन उपलब्ध गराउनुका साथै विज्ञापनकाे दायरा बढाउन महासंघले पहल थालेकाे छ ।` सरकारलाई मदिरा, अैाषधीलगायतकाे विज्ञापन खुलाउन सरकारसँग पहल थालेकाे आचार्यले जानकारी दिए । उनले प्रेस काउन्सिलमा भइरहेकाे मिडिया वर्गीकरणलाई पनि समय सुहाउँदाे बनाएर राष्ट्रिय र स्थानीय मिडियाकाे रूपमा विभाजन नगर्न र स्थानीय र प्रदेशस्तरकाे विज्ञापन त्यहीकाे मिडियालाई उपलब्ध गराउनु पर्ने व्यवस्थाका लागि पहल थालेकाे बताए ।

कार्यबाहक अध्यक्ष आचार्यले नेपालकाे पत्रकारिता संकटपूर्ण अवस्थामा रहेकाे र राज्यले निर्माण गरेकाे कुनैपनि कानुन मिडियामैत्रि नभएकाे सुनाए । त्यसैले तीनै तहकाे सरकारले पत्रकार महासंघसँगकाे समन्वयमा कानुन निर्माण गर्नुपर्ने उनकाे भनाइ थियाे । उनले सामाजिक सञ्जाल विधेयक यथास्थितिमा पारित गर्न खाेजिए महासंघ सशक्त आन्दाेलनमा उत्रने बताए ।

´राजावादीकाे आन्दाेलनमा पत्रकार सुरेश रजककाे नियाेजित र याेजनाबद्ध रूपमा हत्या भएकाे महासंघकाे ठहर छ,` उनले भने, ´त्यसैले पत्रकार र मिडिया हाउस असुरक्षित रहेकाे पनि महासंघकाे ठहर छ ।`

महासंघको कोषाध्यक्ष रामकृष्ण अधिकारीले पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, स्थानीय मिडिया हाउसलाई सशक्त बनाउने, पत्रकारहरुलाई पेशागत मर्यादामा रहेर आत्मरक्षा तालिम गराउने जस्ता योजना अघि सारेको जानकारी गराएका हुन् । 

पत्रकार रजकलाई सहिद घाेषणा, परिवारलाई क्षतिपुर्ति, परिवारका एक जना सदस्यलाई राेजगारी र रजककाे प्रतिमा तीनकुनेमा राख्नुपर्ने महासंघकाे माग रहेकाे आचार्यले जानकारी दिए । गृह मन्त्रालयले १० लाख राहत र सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयले राेजगारी दिने प्रतिबद्धता जनाइसकेकाे र बाँकी दुई वटा माग प्रधानमन्त्रीसँगकाे छलफलबाट अघि बढाउने उनले सुनाए । काममा खटिने पत्रकारलाई सुरक्षित राख्न महासंघले कदम चालिसकेकाे उनले बताए ।

प्रकाशित : २४ चैत २०८१, आइतबार 16:15
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved