११ वैशाख २०८२, बिहीबार 24 Apr 2025, Thursday

शैलजा आचार्य हृदय रोग उपचार केन्द्र प्रदेशले किन स्विकार्दैन ? : सांसद उप्रेति

द नेप्लिज संवाददाता
१८ फागुन २०८१, आइतबार

Advertisement

विराटनगर– तत्कालिन मुख्यमन्त्री केदार कार्कीले तामझामका साथ सञ्चालनमा ल्याएको ‘शैलजा आचार्य हृदय रोग उपचार केन्द्र’ संघ सरकार मातहत पुर्‍याउन वर्तमान प्रदेश सरकार न्वानदेखिको बल लगाइरहेको प्रदेश सांसदको आरोप छ । 

प्रदेशसभाको शून्य समयमा आइतबार बोल्दै माओवादी केन्द्रका प्रदेश सांसद गणेश उप्रेतिले प्रदेशले अधिकार नपाएको रोइलो मचिरहेको अवस्थामा आफ्नै मातहतका अस्पताल किन संघमा पठाउन न्वारणको बल लगाइरहेको भन्दै प्रश्न गरेका छन् । 

‘प्रदेशस्थित अस्पतालहरुमा शैय्या र आइसीयू, भेण्टिलेटर अभावमा बिरामी ज्यान गुमाइरहेको अवस्थामा शैलजना आचार्य हृदय रोग उपचार केन्द्रमा ३४ वटा भेण्टिलेर, ४५ वटा आइसीयू र २०० बढी शैय्या प्रयोग विहिन अवस्थामा छ,’ उनले भने, ‘कांग्रेसका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा सञ्चालित उक्त उपचार केन्द्रको कांग्रेस नेता शेखर कोइरालाले नै उद्घाट गरेको र अहिले केन्द्र र प्रदेशमा कांग्रेस–एमालेको सरकार हुँदाहुँदै पनि यसको जिम्मेवारी लिन कोही तयार छैन । बन्द हुने अवस्थामा पुगेको छ ।’

उपचार केन्द्रलाई एउटा बल पनि बदल्ने अधिकार नरहेको अवस्थामा कसरी चल्न सक्छ भन्दै सांसद उप्रेतीले प्रश्न उठाएका हुन् । उपचार केन्द्रलाई अवैध सन्तानलाई कसैले स्विकार नगर्ने जस्तै अवस्था रहेको उनको भनाइ थियो । 

प्रकाशित : १८ फागुन २०८१, आइतबार 18:45
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved