उथलपुथल गरेर सरकारको पूर्ण बहुमतको घेराबन्दी तोड्न नसकेका अध्यक्ष दाहालले माओवादीसँग जनता तराई–मधेस जागरण अभियानले सत्ता गठबन्धनलाई भयभित बनाउने अस्त्रको रुपमा उपयोग गर्न खोजेको राजनीतिक वृतमा चर्चा छ ।
विराटनगर– ‘म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ,’ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्ष फाल्गुन २१ गते काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा अभिव्यक्ति दिएका थिए । कांग्रेससँगको सत्ता समीकरण तोडेर एमालेसँगको सत्ता समीकरणमा प्रधानमन्त्री बनेपछि अध्यक्ष दाहालले यो अभिव्यक्ति दिएका थिए । त्यो अभिव्यक्ति दिँदै गर्दाको उनको अनुहारमा देखिएको चमक र उत्साह अहिले मिलन देखिएको छ । ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’को तेस्रो दिन विराटनगर आइपुगेका अध्यक्ष दाहालको अनुहारमा हतास र निरासा छचल्की रहेको देखिन् थियो ।
अहिलेको कांग्रेस–एमाले सरकार ढालेर उथलपुल गर्न नसकेको पीडाले उनी व्यथित देखिएका थिए । राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै रहेको भन्दै आएका अध्यक्ष दाहालले यस पटक सरकार ढालेर राजनीतिक समीकरणमा क्रमभंगता गर्न नसकेकोले उनलाई गिजियाइरहेको उनको अनुहारमा छचल्किरहेको देखियो । उथलपुथल गरेर सरकार ढाल्न नसकेको सञ्चारकर्मीको जिज्ञासामा उनले अब माओवादीको ध्यान सरकारमा नरहेको जिकिर गरे । ‘हाम्रो ध्यान अब सरकारमा छैन, जनतामै गइसकेका छौँ र जनतामै रहन्छौं’ उनले भने, ‘तर भ्रष्टाचार, कुशासन, कमिशन र बिचौलियाको संरक्षणमा मात्र केन्द्रित रहेको सरकार आफ्नै बोझले थिचिएकोले कुनै पनि बेला भासिन्छ ।’
अध्यक्ष दाहालले अहिले माओवादीको ध्यान सरकारमा नरहेको र २०८४ सम्म कांग्रेस–एमालेको गठबन्धन र सरकार चलिरहोस् भन्ने चाहना रहेको दावी गरे । सदनको दुई ठूला दलको गठबन्धन अगाडि उनको उथलपुथल नीति निरस्त भएको छटपटाहट उनमा प्रष्ट देखिएको थियो । सत्ता र सरकार बाहिर रहेका उनमा पानी बिनाको माछा जस्तै छटपटाहट देखिन् थियो । उथलपुथल गर्दै जोसुकैसँग समीकरण मिलाएर सत्तामा टाँसिरहने उनले कांग्रेस–एमालेको गठबन्धनलाई अप्राकृति भनेका थिए ।
थारु, मधेसी, दलित, कोचलगायत मोर्चा बनाएर मुलुकमा जातीय विभाजन गरेका माओवादीले संघीयता र समावेशिताको सवाललाई दवाउन लहानमा रमेश महतोलाई गोली हानेपछि तराई–मधेस जलेको पीडा अझै ताजै छ ।
‘ठोस परिस्थितिको ठोस विशलेषण गर्ने’ नारा दिँदै आएको अध्यक्ष दाहालको ठोस विशलेषणलाई कांग्रेस–एमालेले सरकार बाहिर राखेर तरल विशलेषण बनाइदिएको दुःखले उनी बेथित देखिए । सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष दाहालले अधिकांश समय कांग्रेस–एमाले गठबन्धन सरकारको दोषारोपणमा नै खर्चेका थिए ।
‘हाम्रो सरकारले थालेको सुशासन, समृद्धि र सामाजिक न्यायको अभियान रोक्न काँग्रेस र एमालेको गठबन्धन बनेको तथ्य अभियानको क्रममा जनतालाई राखेका छौं,’ उनले भने, ‘जनताले त्यो विषय गहिरोसँग बुझेको अनुभूति भएको छ । यो अभियान कञ्चनपुरमा पुग्दा माओवादी नयाँ ठाउँमा पुग्नेछ ।’
‘हामीले सुशासन कायम गर्न खोज्यौं । भ्रष्टाचारी विरोधी अभियान सुरु गरेवापत, भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन थालेवापत भ्रष्टाचारीको संरक्षण गर्ने उद्देश्यले नै अहिलेको गठबन्धन सरकार बनेको हो’, उनले भने, ‘त्यही सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रव्यापी रुपमा जनताको बीचमा लैजान जागरण अभियान सुरु गरेको छु ।’
माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका दृष्टिकोणले जमेर बस्ने पोखरीजस्तो होइन, गडगडाएर बग्ने नदीजस्तो हो । माओवादी निरन्तरतामा रमाएर बस्ने होइन, निरन्तरतामा क्रमभंगता गर्दै रमाउने जात भएको अध्यक्ष दाहालले भन्दै आएका छन् । तर अहिले निरन्तरतामा क्रमभंगता, सिद्धान्त र व्यवहारमा गर्दै आएको उथलपुथल, क्रान्तिकारी र कम्युनिष्टहरुको एकतालगायतको नीति तथा रणनीति असफल भएका कारण अध्यक्ष दाहाल निरास देखिएका हुन् ।
तर अहिले निरन्तरतामा क्रमभंगता, सिद्धान्त र व्यवहारमा गर्दै आएको उथलपुथल, क्रान्तिकारी र कम्युनिष्टहरुको एकतालगायतको नीति तथा रणनीति असफल भएका कारण अध्यक्ष दाहाल निरास देखिएका हुन् ।
निरन्तरणमा क्रमभंगता गरेर सरकारमा बसिरहन संसदको तेस्रो दल माओवादी अध्यक्ष दाहालले भनेका थिए, ‘मलाई धेरै पटक घेराबन्दी भयो प्रतिक्रियावादी शक्तिहरुबाट, घेरा तोड्दै आएको छु, तोड्दै जान्छु ।’ तर उथलपुथल गरेर सरकारको पूर्ण बहुमतको घेराबन्दी तोड्न नसकेका अध्यक्ष दाहालले माओवादीसँग जनता तराई–मधेस जागरण अभियानले सत्ता गठबन्धनलाई भयभित बनाउने अस्त्रको रुपमा उपयोग गर्न खोजेको राजनीतिक वृतमा चर्चा छ ।
अध्यक्ष दाहालले कांग्रेस र एमालेसँगको गठबन्धन तथा सरकारको सम्झौतामा केन्द्रित हुँदा कमजोर बनेको माओवादी अब जुरुक्कै उठ्ने वातावरण बनेको दावी गरेका थिए । विगतमा गठबन्धन गर्दा कांग्रेस र एमालेलाई ठूलो पार्टी बनाउन माओवादीले सहयोग गरेको अध्यक्ष दाहालको जिकिर थियो । ‘अब माओवादी एक्लै अगाडि बढ्ने संकल्प गरेको छ, अबको चुनाबमा काँग्रेस र एमालेसँग गठबन्धन हुँदैन र गठबन्धनविना माओवादी अगाडि जानसक्छ भन्ने संकेत गएको उपचुनाबले देखाइसक्यो,’ उनले भने, ‘सुशासन, समृद्धि र सामाजिक न्यायको अभियान निरन्तर चलाएर अबको निर्वाचनबाट माओवादी पहिलो दल बन्छ ।’
उथलपुथल गर्न शक्तिकेन्द्रहरुको समेत आडभरोसा कांग्रेस–एमालेको शक्ति सामु निष्पर्भावी बनेपछि अध्यक्ष दाहालले आफूले बनाएको मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध अहिले कमजोर हुँदै बिग्रेको दावी गरे । सत्तामा हुँदा आमनागरिकको समस्या समाधानमा केन्द्रित हुन नसकेका अध्यक्ष दाहालले यो अभियान भाषण गर्ने र हिँड्नेभन्दा पनि जनताको समस्या, मुद्दा बुझ्न, किसान, मजदुर, बुद्धिजीवी, तराई मधेसका नागरिक समुदाय, पत्रकार र आम जनतासँग सम्बन्ध सुदृढीकरण गर्न सञ्चालन गरेको दावी गरे । आफ्नो सरकारले सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानबारे नागरिकमा सचेतना जगाएको उनले बताए ।
कांग्रेस–एमालेले संविधान संशोधनको कुरा सत्तामा जानको लागि मात्र उठाएको दावी गर्दै उनले भने, ‘उनीहरुले संविधान संशोधन गर्न सक्ने अवस्थामा जनताले प्राप्त गरेको अधिकार पनि खोस्न चाहेका छन् । त्यो हुन दिँदैनौं ।’ अध्यक्ष दाहाल प्रधानमन्त्री हुँदा जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने गरेको घोषणामा समेत सर्वोच्च अदालतले अंकुस लगाइदिएको छ ।
कांग्रेस–एमाले सत्तामा गएर बिग्रेका भन्छन तर लुटतन्त्र, हत्या, अपहरणको श्रृङ्खला चलाएर जंगलमा नै बिग्रेका माओवादीले अहिले सत्ता पक्षका लागि अनेकौं प्रभावहिन प्रोपोगण्डा चलाइरहेको छ । कांग्रेस र एमालेलाई पछाडि छोडेर २०६४ को चुनावमा सत्तामा पुगेको र त्यसपछि पटक–पटक सरकारमा बसेर भ्रष्टाचारी, कुशासन, विचौलीया, सरकारी कामकाजमा ढिलासुस्तिका साथै तराई–मधेसका जनताको समस्या हेर्न नसकेका अध्यक्ष दाहाल अहिले तराई–मधेसमा अभियान चलाइरहेका छन् ।
थारु, मधेसी, दलित, कोचलगायत मोर्चा बनाएर मुलुकमा जातीय विभाजन गरेका माओवादीले संघीयता र समावेशिताको सवाललाई दवाउन लहानमा रमेश महतोलाई गोली हानेपछि तराई–मधेस जलेको पीडा अझै ताजै छ । पार्टीको यो पृष्ठभूमीमा अध्यक्ष दाहालले पहिलो पटक तराई–मधेस जागरण अभियान चलाएर सगठन विस्तार हुने र २०८४ को निर्वाचनमा तराई–मधेसबाट मत प्राप्त गरेर पार्टीलाई सुदृढ बनाउन नसकिने प्रष्ट बुझेका छन् । तर पनि यो अभियान चलाउनुको पछाडि सडकबाट सरकार परिवर्तन गरिदिने डर सरकारलाई देखाउन मात्रै खोजेको अभियानका सहभागीहरु नै गफिएको सुनिन्छ ।
आफूलाई कम्युनिष्ट भनाउने, जनताको सेवक, राष्ट्रका सेवक भनाउनेहरुको जीवनशैलीमा आएको अस्वभाविक परिवर्तनले पार्टीलाई खुम्चाएको अनुभूत गरेका माओवादीले अहिले जनतामा गएर गल्ती स्विकार्दै माफी माग्ने अभियानमा छ । समय छँदै ठोस परिस्थितिको ठोस विशलेषण गर्न नसकेपछि सबै विशलेषण तरल भएर छताछुल्ल हुनु स्वभाविक हो ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares