१७ वैशाख २०८२, बुधबार 30 Apr 2025, Wednesday

२४ घण्टामा ९ जना पक्राउ, ठूलो परिमाणमा लागूपदार्थ बरामद

द नेप्लिज संवाददाता
१६ वैशाख २०८२, मङ्गलबार

Advertisement

काठमाडौं  — देशका विभिन्न स्थानहरूबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन्। एकै दिन सुनसरी, मकवानपुर, मोरङ, बाँके, जाजरकोट, झापा र सिरहामा गरिएको प्रहरी कारबाहीमा ठूलो परिमाणको गाँजा, अफिम, ब्राउनसुगर, हेरोइन तथा नियन्त्रित औषधिहरू बरामद भएका छन्।

सुनसरी: बर्जु गाउँपालिका-३ नहरचोकबाट सोमबार राति करिब १९९ किलो ३ सय ग्राम गाँजासहित धनकुटा निवासी ३३ वर्षीय उद्धव भण्डारी र ३० वर्षीय कबिराज राई पक्राउ परेका छन्। सितागंज प्रहरी चौकीबाट खटिएको टोलीले भीमपुरबाट अमडुवा जाँदै गरेको प्र.१-०२-००२ च ५१२६ नम्बरको पिकअप गाडीमा सवार उनीहरूलाई गाँजा लुकाइ ल्याएको अवस्थामा नियन्त्रणमा लिएको हो।

मकवानपुर: हेटौंडा उपमहानगरपालिका-११ स्थित सुकुम्बासी टोलबाट ५७ वर्षीय ठाकुर सिंह मोक्तानलाई अफिमजस्तो देखिने ३ किलो ८६० ग्राम लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

मोरङ: विराटनगर-१६ दरैयाबाट खैरो हेरोइन जस्तो देखिने १०.५ ग्राम लागूऔषधसहित ४७ वर्षीय अनिश क्षेत्री पक्राउ परेका छन्। उनी भारतबाट पैदल नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका हुन्।

बाँके: नेपालगञ्ज-१५ जमुनाहबाट ब्राउनसुगर जस्तो देखिने २४० मिलिग्राम पदार्थसहित सुर्खेतका १८ वर्षीय किशोर पक्राउ परेका छन्।

जाजरकोट: भेरी नगरपालिका-१ रिम्ना बजार चोकबाट करिब २ किलो ५ सय ग्राम अफिमसहित नलगाड-३ का ५३ वर्षीय विष्णुबहादुर घर्ती पक्राउ परेका छन्। उनी बोलेरो गाडीमार्फत नेपालगञ्ज जाँदै थिए।

झापा: भद्रपुर-४ डाँगीबारीबाट ब्राउनसुगर जस्तो देखिने २.५७ ग्राम लागूऔषध र ९ वटा नाइट्राजेपाम ट्याब्लेटसहित पाँचथरका २४ वर्षीय सन्त बहादुर लामा र २२ वर्षीय मिलन परियार पक्राउ परेका छन्।

सिराहा: लहान-३ का २६ वर्षीय सुरज महतोको घरमा प्रहरीले छापा मार्दा डाइजेपाम, बुप्रेनोर्फिन, प्रोमेथाजिन, स्यामपेक्स र नाइट्राजेपामसहितका लागूऔषध बरामद गरेको छ।

प्रहरीका अनुसार सबै घटनामा लागूऔषध सम्बन्धी अनुसन्धान जारी छ। लागूऔषध कारोबार र दुरुपयोग नियन्त्रण गर्न जारी कारबाही अन्तर्गत प्रहरीले देशव्यापी निगरानी कडा बनाएको जनाएको छ।

प्रकाशित : १६ वैशाख २०८२, मङ्गलबार 18:27
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved