काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा मंगलबार भएको भेटमा दुई पक्षीय सम्बन्धको विविध आयाम बारे संवाद भएको हाे ।
उपराष्ट्रपति यादवले नेपाल र युरोपेली संघ (ईयु) बीच सन् १९७४ देखि स्थापित सौहाद्रपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्व दिँदै अघिल्लो वर्ष मनाएको कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण वार्षिकोत्सवको चर्चा गरेका थिए । ‘उक्त अवसरले नेपाल र ईयुबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई थप प्रगाढ बनाएको विश्वास लिएको छु’ उनले भने, ‘ईयु नेपालको प्रमुख विकास साझेदारका रूपमा रहिआएको छ ।’
स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाईलगायत ग्रामीण विकासका क्षेत्रमा युरोपेली संघ समर्थित कार्यक्रमहरूको उपयोगिताको उच्च प्रशंसा गर्दै उनले कर्णाली प्रदेशमा ईयुको सहयोग अन्तर्गतका आयोजनाहरूले दुर्गम क्षेत्रका जनतालाई अत्यन्तै फाइदा पुर्याएको बताएका हुन् ।
‘नेपाल र ईयु लोकतन्त्र, स्वतन्त्रता, र बहुपक्षीयताजस्ता साझा मूल्यहरूमा विश्वास राख्छन्’ उपराष्ट्रपति यादवले भने, ‘महामारी र जलवायु परिवर्तनलगायत विश्वव्यापी चुनौतीहरूको सामना गर्न बहुपक्षीय सहकार्यको आवश्यकता छ । यी विषयमा थप सहकार्यका लागि नेपाल तत्पर छ ।’ उनले नेपालको राजनीतिक रूपान्तरणको यो चरणसम्म आइपुग्न अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सद्भाव र समर्थनबारे उल्लेख गर्दै नेपालको ऐतिहासिक राजनीतिक उपलब्धिहरुलाई कायम राखी मुलुकको आर्थिक आकांक्षालाई पूरा गर्न ईयुले निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरेका हुन् ।
‘सगरमाथा संवाद’को महत्वको चर्चा गर्दै उपराष्ट्रपति यादवले ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ बारे विश्वस्तरीय बहसको उद्देश्यले स्थापना गरिएको संवाद मञ्चको आगामी संस्करणको आयोजना मे १६–१८, २०२५ मा काठमाडौंमा हुने जानकारी गराएका थिए ।
‘उक्त संवादमा ईयुबाट उच्चस्तरीय सहभागिता हुने अपेक्षा व्यक्त गर्दछु ’ उनले भने, ‘ आगामी युरोप–डे को अवसरमा युरोपेली जनताको सुख, शान्ति, र समृद्धिको शुभकामना पनि व्यक्त गर्दछु ।’
नेपालका लागि युरोपेली संघका महामहिम राजदूत भेरोनिक लोरेन्जोले नेपाल र युरोपेली संघबीचको सम्बन्ध पछिल्लो समय थप प्रगाढ बन्दै गएको उल्लेख गर्दै यो वर्ष युरोप–डेको स्वागत समारोह नेपालको सांस्कृतिक सम्पदालाई सम्मान गर्ने उद्देश्यले पाटन दरबार क्षेत्रमा गर्न लागेको बताएका छन् ।
‘युरोपेली संघ वातावरण र जलवायु परिवर्तनमा लगानी गर्न चाहन्छ’ उनले भने । राजदूत लोरेन्जोले दूधकोशी हाइड्रोपावरमा ईयु लगानी गर्न ईच्छुक रहेको जनाउँदै नेपालको कर्णाली र मधेश प्रदेशमा नविकरणीय ऊर्जा क्षेत्रमा लगानी गरेको र मधेश प्रदेशको शिक्षा क्षेत्रमा सहयोग गर्ने बताएका हुन् ।
‘नेपाल अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुन लागेकोले त्यसक्रममा आउने चुनौती र गृहकार्यमा नेपाल सरकारसंग समन्वय गर्न तत्पर छौ’ उनले बताए ।
समाचार
भारतमा बाबुराम भट्टराईको उच्चस्तरीय भेटघाट, नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा जोड
द नेप्लिज संवाददाताझण्डै अढाई दशकदेखि पत्रकारितामा सक्रिय केशव न्यौपानेको निधन
द नेप्लिज संवाददाता७९ वटा ऐन एकैपटक संशोधन गर्ने विधेयक प्रतिनिधि सभाबाट पारित, दुई ऐन खारेज हुने
द नेप्लिज संवाददाता२४ घण्टामा ९ जना पक्राउ, ठूलो परिमाणमा लागूपदार्थ बरामद
द नेप्लिज संवाददाताविचाराधीन मुद्दाबारे अभिव्यक्ति नदिन कांग्रेस महामन्त्री गगन थापालाई सर्वोच्चको आदेश
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares