विराटनगर– प्रेस चौतारी नेपालको जारी १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया राेकेर निर्विराेध निर्वाचित गर्ने तयारी गरेकाे छ । प्रधानमन्त्री तथा नेकपा एमालेकाे अध्यक्ष केपी शर्मा ओलीकाे दवावमा निर्वाचन प्रक्रिया राेकेर निर्विराेध निर्वाचित गर्न निर्वाचन आयाेग बाध्य भएकाे महाधिवेशन प्रतिनिधिहरूले गुनासाे पाेखेका छन् ।
निर्वाचन समिति सदस्य तथा एमालेकाे प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमले निर्वाचन प्रक्रिया ठप्प गरेर निर्विराेध निर्वाचित भएकाे घाेषणा गर्न लागेकाे बताएका छन् । निर्वाचन समितिले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने निर्वाचन कार्यतालिका सार्वजनिक गरेर सुरू गरेकाे निर्वाचन प्रक्रिया बीचमा नै राेकेर निर्विराेध निर्वाचित गर्न लागेकाे हाे ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उम्मेदवारको अन्तिम नामावली सोमबार ४ः२० बजे र त्यसको १० मिनेटपछि ४ः३० बजे निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने उल्लेख थियाे ।
निर्वाचन आयोगले मनोनयन दर्ताका लागि अध्यक्षका उम्मेदवारलाई ३५ हजार, पदाधिकारीको २५ हजार, केन्द्रीय आयोग अध्यक्षको १५ हजार र केन्द्रीय सदस्यको मनोनयन शुल्क १० हजार निर्धारण गरे पनि मनाेनयन दर्ता फारम वितरण नगरी निर्विराेध गर्न लागेकाे हाे ।
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे र महासचिवमा चेतन अधिकारीलगायत सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गराउन दिएको निर्देशन अनुसार नेताहरुले चौतारीको कार्यसमिति निर्विरोध गराउन लागेका हुन् । निवर्तमान उपाध्यक्ष राजेश राईको प्यानलले निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न माग गर्दै आएका छन् । उनले चुनावी प्रक्रियाबाट नेतृत्व चयनको माग गरेपछि अत्यन्तै दवाव आएको गुनासो पोखेका हुन् ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares