पोखरा— अमेरिकी नागरिकलाई अपहरण गरी फिरौती माग्ने कार्यमा संलग्न एक महिला पक्राउ परेकी छिन् । नुवाकोट बेलकोटगढी नगरपालिका–४ की ३७ वर्षीया सरिता लामालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
कास्की प्रहरीका अनुसार अमेरिकाकी ७० वर्षीया महिला साथीहरूसँग मुक्तिनाथ भ्रमणका लागि नेपाल आएकी थिइन् । नेपालमा रहँदा ती महिलाको लामासँग सामान्य चिनजान भएको थियो । उनले अमेरिकी महिलालाई घुम्ने ठाउँहरूको जानकारी दिएकी थिइन् ।
पोखराको लेकसाइडस्थित एक होटलमा बसेकी अमेरिकी नागरिकलाई लामाले घरमा लैजाने बहानामा लिएर गइन् । तर घरमा नलगी अन्यत्रै लुकाएर राखिन् र ३ लाख युरो (अन्दाजी साढे ४ करोड नेपाली रुपैयाँ) फिरौती मागिन् ।
नेपालस्थित अमेरिकी दूतावासले कास्की प्रहरीलाई घटनाको जानकारी दिएपछि, केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरीको सहयोगमा अनुसन्धान टोली खटियो ।
प्रहरीले चितवन, हेटौँडा हुँदै पर्सा जिल्लासम्म खोजी गरी अपहरणमा परेकी महिलालाई सकुशल उद्धार गरेको छ । लामाले पीडितलाई भारतसम्म लैजाने तयारी गरेको अनुसन्धानका क्रममा देखिएको छ । कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा लामाविरुद्ध ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares