मुख्यमन्त्री कार्कीको आरोपः जाती र पहिचानको नाममा विकास विरोधी, मन्त्री हाङ्गाम भन्छन्ः धर्म, संस्कृति र पहिचानको संरक्षण गर्ने प्रतिबद्धता गरेका छौं
विराटनगर– पहिलो प्रदेश लगानी सम्मेलनको तयारीमा रहेका कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाथिभरा केवलकारको निर्माणमा अवरोध गर्नेलाई विकास विरोधीको संज्ञा दिइरहँदा उनकै नेतृत्वको सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङगामले धर्म, संस्कृति, पहिचानको संरक्षण गर्ने प्रतिबद्धता गरेर आएकाले संस्कृति मास्ने विकासको पक्षमा उभ्न नसकिने भन्दै विरोध जनाएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीले शुक्रबार आयोजना गरेको कोशी प्रदेशको आर्थिक अवस्था, लगानीका सम्भावना र चुनौति विषयक अन्तरसंवाद कार्यक्रममा मुख्यमन्त्री कार्कीले जाती, धर्म, पहिचानको नाममा भाकल गरेर पाथिभरा केवलकारको निर्माणमा अबरोध पुर्याउनेलाई विकास विरोधी भनेका छन् । ‘प्रदेशमा लगानी भित्र्याउन विकास विरोधी कार्यले असहज परिस्थिति निर्माण गर्छ,’ उनले भने, ‘प्रदेश सरकारले पहिलो प्रदेश लगानी सम्मेलनमार्फत लगानी भित्र्याएर समृद्ध प्रदेश, सम्पन्न नेपाल निर्माणको अभियानमा छ तर भाकल गरेर लगानी विरोधी गतिविधि र विकास विरोधी कार्य हुँदा कहाँबाट विकास हुन्छ ?’ पाथिभरामा केवलकार निर्माण गरेर ठूलो रोजगारी सृजना हुनुका साथै लगानीको वातावरण बनाउन सहयोग गर्नुको साटो जाती, पहिचानको नाममा अवरोध गर्ने कार्य सहय नहुने मुख्यमन्त्री कार्कीले बताएका हुन् ।
ताप्लेजुङबाट प्रदेश सांसदमा निर्वाचित मन्त्री हाङगामले गोली, बारुदको बलमा धर्म, संस्कृति मास्ने विकासको पक्षमा उभ्न नसकिने स्पष्ट पारेका थिए । ‘जाती, धर्म, संस्कृति, पहिचानको संरक्षण गर्ने प्रतिबद्धता गरेर आएकाले धर्म, संस्कृति मास्ने विकासको पक्षमा उभिन सक्दिैन,’ उनले भने, ‘गोली, बारुदको बलमा मान्छे मारेर धर्म, संस्कृति मास्ने विकासको पक्षमा उभिन चुनौति छ ।’ वार्ताको टेबलमा बसेर छलफलको माध्यमले सबैको सहमतिमा हुने विकास मात्रै दीगो हुन सक्ने मन्त्री हाङगामको भनाइ थियो ।
उद्योग संगठन मोरङ अध्यक्ष राकेश सुरानाले पाथिभरा केवलकार निर्माणमा भएको अवरोधले लगानीकर्त्तालाई निरुत्साहित गर्नुका साथै प्रदेशमा लगानीको वातावरण विथोलिने काम भएको भन्दै आपत्ति जनाएका थिए ।
अन्तरसंवादमा पाथिभरा केवकार निर्माता तथा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले धर्म, संस्कृति, पहिचान नमासिने गरी केवलकार निर्माण गर्न तयार रहेको बताएका छन् । उनले केलवकार निर्माणका लागि त्यहाँको धर्म, संस्कृति, जातीय पहिचानको संरक्षणका लागि कम्पनीले गर्नुपर्ने हरेक किसिमको काम गर्न तयार रहेको बताएका हुन् । स्थानीयको पूरा गर्न सकिने हरेक किसिमको पूरा गर्न सकिने माग पूरा गर्न केवलकार निर्माण कम्पनी तयार रहेको अध्यक्ष ढकालले बताए । उनले त्यसका लागि वार्ता र छलफल गर्न आफू तयार रहेको बताए ।
सुरक्षाकर्मीको सहयोगमा पाथिभरामा निर्माण भइरहेको केवलकारको विरोधमा पहिचान पक्षधरलगायतका जातीय तथा धार्मिक संघ संस्थाहरुले लमो समय निरन्तर आन्दोलन गर्ने क्रममा सर्वोच्च अदालतले तत्काल केवलकार निर्माण यथास्थितिमा राख्न आदेश दिएपछि निर्माण कार्य रोकिएको छ । तर लगानीकर्त्ता ढकाल जुनसुकै मूल्यमा केवलकार निर्माणका लागि अनेक उपायको खोजीमा छन् । उनले केवलकार निर्माणका लागि कोशी प्रदेशका उद्योगी, व्यवसायीमार्फत माहोल बनाउने असफल प्रयास गर्दै आएका हुन् ।
अर्थ/वाणिज्य
यूएईमा नौ महिनामै २२६ नेपाली कामदारको मृत्यु
द नेप्लिज संवाददाताभारत–नेपाल साझेदारी सम्मेलन पूर्णियामा
द नेप्लिज संवाददाताशिक्षा, निजामती सेवा र उड्डयन सुधार विधेयक पारित गर्ने दबाब
पहिलो प्रदेश लगानी सम्मेलन सफल पार्न उद्योगी व्यवसायी प्रतिबद्ध
द नेप्लिज संवाददातासेयर तालिमका लागि सफ्टवेयर डाउनलोड गरेपछि दुईजनाको खाताबाट ३० लाख रुपैयाँ चोरी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares